सुन्दरीजलमा युवतीको हत्या गर्ने २ जना पक्राउ

  • राजधानी पत्र
  • / अपराध /
  • २०८१ भाद्र २३, आईतबार (५ महिना अघि)
  • १७८ पटक पढिएको
सुन्दरीजलमा युवतीको हत्या गर्ने २ जना पक्राउ

काठमाडौं : सुन्दरीजलमा युवतीको हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सलौही चक्रघट्टाका राम विनय महरा र सर्लाही बसगरियाका सन्तोष राम महरा रहेका छन्।

यही भदौ २० गते गोकणेश्वर-१ सुन्दरीजलमा ढुंगाको चेपभित्र एक महिलाको मृत भेटिएकी थिइन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार मृतकको पहिचान खुलेको छैन।

उनका आफन्त पनि प्रहरीको सम्पर्कमा आएका छैनन्। तर मृतक महिला सिराहकी राम दुलारी भन्ने बुझिएको छ। शव केही शंकास्पद थियो। शरीरमा चोट पनि थियो। यसैले पनि उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।अनुसन्धानका क्रममा वसुन्धरा क्षेत्रबाट आरोपीहरू पक्राउ परेका हुन्। हत्यापछि उनीहरूले सुन्दरीजलस्थित बागमतीको किनारमा ढुंगाको चेपमा शव व्यवस्थापन गरेको प्रहरीले बताएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस