दसैँको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुल्ने

  • राजधानी पत्र
  • / अन्य /
  • २०८१ भाद्र २८, शुक्रबार (४ महिना अघि)
  • १६५ पटक पढिएको
दसैँको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुल्ने

काठमाडौँ । सार्वजनिक सवारीमा दसैँको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुलाइने भएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार सुरेश हमालले असोजको पहिलो सातादेखि अग्रिम टिकट बुकिङ खुलाइने जानकारी दिए ‘सामान्यतया १५ दिन अगाडि खुल्ने प्रचलन हो,’ हमालले भने, ‘कहिलेदेखि खुलाउने भन्ने विषयमा एक चरणको छलफल भइसकेको छ । असोजको पहिलो हप्तादेखि खुलाउने गरी तयारी भएको छ।’यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले पनि घटस्थापनाको एक हप्ता अगाडिदेखि टिकट बुकिङ खुलाउनेबारे छलफल भइरहेको बताए ।‘अहिले सडक त्यति राम्रो छैन,’ रिजालले भने, ‘सडक मर्मतका लागि हामीले मातहतका निकायलाई घच्कच्याइरहेका छौँ । अहिले कतिपय ठाउँमा सडक मर्मत गर्ने कार्य भइरहेको छ ।’यसैबिच कतिपय यातायात व्यवसायीले अहिले नै अनलाइनबाट टिकट  बुकिङ खुला गरिसकेका छन् । तर यसरी बुकिङ खोल्दा फेक नामबाट टिकट काट्ने प्रवृत्ति बढेर ब्ल्याकमा बेच्ने समस्या पनि आउन सक्ने रिजालले यसबारे आवश्यक समन्वय गरिरहेको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस