‘जुगै जाने माया’ बोलको म्युजिक भिडियो सार्वजनिक

  • राजधानी पत्र
  • / भिडियो /
  • २०८१ आश्विन ६, आईतबार (९ महिना अघि)
  • ६१६ पटक पढिएको
‘जुगै जाने माया’ बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौ। गायक सिद्धार्थ आले मगर र कालिका रोका मगरको स्वरमा रहेको गीतजुगै जाने मायाको  म्युजिक भिडियो सार्वजनिक भएको छ । ८ मिनेट ५० सेकेन्डको म्युजिक भिडियो सिद्धार्थ आले मगर  युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । डोलराज बाह्रघरेको म्युजिक एरेन्जर तथा सिद्धार्थ आले मगरको  शब्द तथा  लय  रहेको गीतको भिडिओमा चर्चित मोडल क्रिस गुरुङ र दिपशिखा गुरुङले नृत्य गरेका छन् । दिप गुरुङले निर्देशन गरेको भिडिओ विजय लामाले खिचेका हुन् । ड्रागन पिक्चर्स स्टुडियोले  सम्पादन गरेको भिडिओमा पदम सुवेदीले कलर भरेका छन् । पछिल्लो पुस्तामा निकै रुचाएका चर्चित गायक सिदार्थ आले मगरकोमनैमा हजुरमेरै बन लमगर सालीभेनाको जातैलेलगायत दजौनौ गित चर्चामा छन् भने मौलिक स्वरको धनी गायिका कालिका रोका मगरकोदेउरालीलाई फुलापाती धजा छमुग्लिन पुल तरेरलगायतका गित चर्चामा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस