‘केटी हराएको सूचना’ को पहिलो गीत सार्वजनिक

  • राजधानी पत्र
  • / भिडियो /
  • २०८१ आश्विन ६, आईतबार (६ महिना अघि)
  • १८१ पटक पढिएको
‘केटी हराएको सूचना’ को पहिलो गीत सार्वजनिक

पोस्ट प्रोडक्सनमा रहेको फिल्म ‘मिसिङ: केटी हराएको सूचना’ को पहिलो गीत सार्वजनिक गरिएको छ।’हेर्दै जाउँ..’ बोलको गीत निर्माणपक्षले आइतबार सार्वजनिक गरेको हो। यसको भिडिओमा फिल्मका शीर्ष कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ फिचर्ड छन्। यसको शब्द तथा संगीत दीपेन्द्र गौचनको हो।स्वर रोहित जोन क्षेत्री र शितुसित बस्नेतले दिएका छन्। भिडिओमा एक युवक र युवतीबीच लामो समयपछिको भेटमा देखिएको खुसीलाई देख्न सकिन्छ। नाजिर र सृष्टिको प्रेमलाई भिडिओले दर्शाएको छ।यो फिल्मको निर्माण तथा निर्देशन करिब ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’ का निर्देशक दीपेन्द्र गौचनले गरेका हुन्। निर्देशक गौचन स्वयंको स्क्रिप्ट लेखन रहेको फिल्मलाई अमर महर्जनले खिचेका छन्।फिल्ममा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, ललिता देवी मिश्र लगायत कलाकारहरूको अभिनय छ। नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका सञ्चालक नकिम उद्दिन यसमा कार्यकारी निर्माताको रूपमा छन्।फिल्म आगामी कात्तिक ३० गतेबाट प्रदर्शनमा आउँदैछ।

ताजा अपडेट

खोजी गर्नुहोस