रेल डुबाउन आर्थिक खेल! गलत प्रचारबाजी गर्दै महाप्रबन्धक नै डुबाउन सक्रिय

  • राजधानी पत्र
  • / सुचना प्रविधि /
  • २०८१ आश्विन ११, शुक्रबार (९ महिना अघि)
  • १३५ पटक पढिएको
Post Thumbnail

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनको प्रक्रिया अन्तिम चरणमा रहेको र चाँडै सञ्चालनमा आउने बताएका छन्। जनकपुरधामको रेल्वे स्टेशनमा बिहीबार पत्रकार सम्मेलन गर्दै मन्त्री दाहालले नेपाल रेल्वेलाई समयसापेक्ष सुविधा सम्पन्न बनाउन र मुनाफामा पु¥याउन नेपाल सरकारले विभिन्न योजना ल्याउन लागेको जानकारी दिए। उनले भने, ‘नेपाल रेल्वेको वासिङ सेन्टर निर्माणको प्रक्रिया अगाडि बढाइएको छ। वासिङ सेन्टर निर्माणसँगै केही हदसम्म घाटामा कमी आउँछ। आगामी दिनमा कार्गो रेलसेवा समेत सञ्चालन गर्ने हाम्रो तयारी छ।’ घाटामा सञ्चालन भइरहेको रेललाई मुनाफामा लैजान सरकार गम्भीर रहेको मन्त्री दाहालले बताए।

मन्त्री दाहालले जनकपुरधामको निरीक्षणका लागि आउँदा, नेपालको ‘ड्रिम प्रोजेक्ट’ मानिएको रेल सेवा महोत्तरीको बर्दिबाससम्म विस्तार गर्न प्रयास भइरहेको बताए। हाल सञ्चालनमा रहेको कुर्था–जनकपुरधाम–जयनगर रेल सेवालाई दुई वर्ष बितिसक्दा पनि नेपाली जनशक्तिलाई प्राविधिक प्रशिक्षण दिएको छैन, जसको जिम्मेवारी महाप्रबन्धक निरञ्जन झा र भारतीय रेल कम्पनी कोकणका इनायत हुसेनमाथि लगाइएको छ।

भारतीय कर्मचारीहरूको कारण आर्थिक क्षति

भारतीय कर्मचारीहरूको कारण रेललाई ठूलो आर्थिक क्षति भइरहेको छ। कोकण कम्पनीका पूर्व मैनेजर एलएस मिनाले दुई वर्षभित्र नेपाली जनशक्तिलाई प्राविधिक ज्ञान दिन असफल भएपछि उनलाई हटाएर डीजीएम राजेश हम्बललाई जिम्मेवारी दिइएको छ। एलएस मिनाको कार्यकालमा रेल थप घाटामा गएको छ, किनकि उनी जयनगरमा मात्र बसेर काम गर्न असफल भएका थिए। उनले दिनभरमा रेल तीन पटक मात्र सञ्चालन हुने अवस्थामा खासै काम गर्न पाएका छैनन्। उनको तलब र सुविधा हटाएमा रेललाई ठूलो आर्थिक बचत हुने अनुमान गरिएको छ।

जयनगर स्टेशनमा नेपाल रेल्वेका अन्य कर्मचारीहरू नेपाली छैनन्। भारतको सीमावर्ती क्षेत्रमा रहेका कर्मचारीहरूले विशेषगरी सशस्त्र प्रहरी र ब्लेकियाले मालसामानको निगरानीबाहेक अन्य खास काम गर्दैनन्। रेलका टीटीहरू पनि करारमा नियुक्त छन्, जसले टिकट मात्र जाँच गर्न जान्दछन्।

महाप्रबन्धक निरञ्जन झाको भूमिकामा प्रश्न

महाप्रबन्धक निरञ्जन झाको नेतृत्वमा रेल सेवा थप घाटामा गएको छ। उनले जनकपुरधामदेखि अयोध्याका लागि रेल सञ्चालनको घोषणा गरे पनि, त्यो रेल नेपाल रेल्वेको हो कि भारतीय रेल्वेको भन्ने स्पष्ट गरेका छैनन्। यसअघि जनकपुरधामबाट अयोध्यासम्मको टिकट काटिएको रेल भारतीय रेल्वेको थियो। हाल त्यो रेल दरभंगाबाट अयोध्या सञ्चालन भइरहे पनि यात्रुको कमीका कारण घाटामा चलिरहेको छ।

महाप्रबन्धक झामाथि सुरक्षाकर्मीहरूसँग मिलेर तस्करहरूलाई फाइदा पुर्‍याउँदै मोटो रकम असुल्ने आरोपसमेत लागेको छ। साथै, करार कर्मचारीमार्फत उनले अतिरिक्त लाभ लिने गरेको आरोप पनि लगाइएको छ। कोकण रेल्वेसँग भएको सम्झौताअनुसार, एक वर्षभित्र रेल सञ्चालनको जिम्मेवारी नेपाली जनशक्तिलाई हस्तान्तरण गर्ने भनिएको भए पनि तेस्रो वर्षसम्म पनि नेपाली जनशक्तिले रेलको इञ्जिनमा प्रवेश पाएका छैनन्।

आर्थिक प्रगति र कर्मचारी अभाव

नेपाल रेल्वे कम्पनीले गत आर्थिक वर्ष ०८०/०८१ मा ७ करोड ७५ लाख रुपैयाँभन्दा बढी कारोबार गरेको जनाएको छ। उक्त वर्ष १५ लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरिएको थियो। हाल जनकपुरधाम हुँदै महोत्तरीको भंगहासम्म सञ्चालनमा रहेको रेल सेवाबाट नौ लाख नेपाली र ६ लाखभन्दा बढी भारतीय नागरिकले सेवा लिएका थिए।

महाप्रबन्धक निरञ्जन झाले रेल्वेमा कर्मचारी अभाव हटाउन स्थायी कर्मचारी भर्ना गर्ने, स्टेशनहरूको क्षमता विस्तार गर्ने, पूर्वाधार निर्माण गर्ने र जनकपुरधामदेखि अयोध्यासम्म रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको बताएका छन्।

तर, जनकपुरधामबाट अयोध्यासम्मको रेल नेपालको कि भारतीय भन्ने स्पष्ट नगरी हालसम्म जानकारी गराइएको छैन।: रेल डुबाउन आर्थिक खेल! महाप्रबन्धक र भारतीय कम्पनीको मिलेमतोले घाटामा धकेलिएको नेपाल रेल सेवा

ताजा अपडेट

खोजी गर्नुहोस