कोशी ब्यारेजमा ५ लाख क्युसेक पानी, पैदल यात्रामा रोक

  • राजधानी पत्र
  • / समाचार /
  • २०८१ आश्विन १२, शनिबार (६ महिना अघि)
  • १६१ पटक पढिएको
कोशी ब्यारेजमा ५ लाख क्युसेक पानी, पैदल यात्रामा रोक

१२ असोज: कोशी ब्यारेजमा पानीको बहाव उच्च भएपछि पैदल यात्रुहरूलाई आवतजावतमा रोक लगाइएको छ। शनिबार दिउँसो साढे १२ बजे बाढी मापन ५ लाख ८ हजार क्युसेक पुगेपछि यो निर्णय गरिएको हो। पानीको बहाव बढ्दै गइरहेकाले पैदल यात्रुहरूलाई रोक लगाइए पनि सवारीसाधनका लागि भने बाटो खुला राखिएको छ।

भारतीय पक्षले कोशी ब्यारेजको नियन्त्रण सम्हाल्ने हुँदा बाढीको जोखिमलाई मध्यनजर गर्दै ५६ वटै ढोका खोलिएको छ। भारतीय जल संशाधन विभागको अनुमानअनुसार कोशीमा बाढीको बहाव ६ लाख ८१ हजार ६३९ क्युसेकसम्म पुग्न सक्छ। यसै कारणले सतर्कता अपनाउन आग्रह गरिएको छ।

सुनसरीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक विपिन रेग्मीले बाढीको कारणले दाउरा निकाल्न र माछा मार्न रोक लगाइएको जानकारी दिए। भारतीय पक्षको आकलन अनुसार पानीको बहाव अझै बढ्न सक्ने हुँदा सावधानी अपनाइएको छ।

बाढीको उच्च बहावका कारण भारतको पटनास्थित जल संशाधन विभागले बिहारका सुपौल, सहरसा, मधेपुरा, मधुवनी, दरभंगा, र खगडिया जिल्लाहरूमा डुबानको जोखिम रहेको भन्दै स्थानीयहरूलाई सतर्क रहन आग्रह गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस