मकवानपुरमा एन्फाले चलाएको एकेडेमीबाट ६ बालक पहिरोमा परी बेपत्ता

  • राजधानी पत्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १२, शनिबार (६ महिना अघि)
  • १३३ पटक पढिएको
मकवानपुरमा एन्फाले चलाएको एकेडेमीबाट ६ बालक पहिरोमा परी बेपत्ता

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-३ मा सञ्चालन गरेको युथ-१४ क्याम्पका ६ जना खेलाडी सम्पर्कविहीन भएका छन् । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएको आशंका गरिएको छ । एन्फा केन्द्रीय सदस्य टीकाराम लामाकाअनुसार स्थानीय वत्सला माविमा होस्टलसहित आवासीय व्यवस्था गरी दैनिक प्रशिक्षणमा राखिएका ३७ जना खेलाडीमध्ये ६ जना सम्पर्कविहीन भएका हुन् ।लामाकाअनुसार खेलाडीहरु छोटो बाटो भएर सुरक्षित स्थानमा आफैँ जान खोज्दा दुर्घटना भएको सूचना प्राप्त भएको छ । सम्पर्कविहीन भएका खेलाडीहरुमा अनुप घलान (मकवानपुर), आदित्य वलम्पाकी (सर्लाही), रियान्स आचार्य (काठमाडौं), सुमन योन्जन (मकवानपुर), विकल रेग्मी (निजगढ) र दिवस बानियाँ (मकवानपुर) रहेका छन् ।मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सीताराम रिजालले त्यस स्थानमा प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको जानकारी दिनुभयो । तर खोला तर्नुपर्ने हुँदा उद्धार कार्यमा समस्या भइरहेको उहाँले बताउनुभयो । ‘हामीले लामो बाटो हिँडेर भएपनि त्यहाँ पुग्न निर्देशन दिएका छौँ । ’ रिजालले भन्नुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस