वर्षाका कारण काठमाडौंसहित देशका अधिकास ठाउँ को बत्ति काटियो

  • राजधानी पत्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १२, शनिबार (७ महिना अघि)
  • २९६ पटक पढिएको
वर्षाका कारण काठमाडौंसहित देशका अधिकास ठाउँ को बत्ति काटियो

काठमाडौं : अविरल वर्षाले विद्युत् आपूर्ति प्रणालीमा अवरोध हुँदा काठमाडौँसहित मुलुकका अधिकांश स्थानमा विद्युत् काटिएको छ। वर्षाले विद्युत् प्रसारण तथा वितरण प्रणालीको पूर्वाधारमा क्षति पुर्‍याउँदा आपूर्ति प्रभावित भएको हो।नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार काठमाडौं उपत्यकाको आधा क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ। उपत्यकामा विद्युत् माग सामान्य अवस्थामा करिब चार सय मेगावाट हुने गरेकामा आज दुई सय मेगावाटको हाराहारीमा मात्रै रहेको उनले बताए।बानेश्वरसबस्टेसनबाट ललितपुरको गोदावरी, इमाडोल, लुभु च्यासल क्षेत्रमा विद्युत् आपूर्ति भएकाफिडरसमेत प्रभावित भएका छन्। भक्तपुर सबस्टेसनबाट खोपासी, नलिनचोक र बोडे खानेपानीलाई विद्युत् आपूर्ति दिइएका फिडर बन्द छन्।त्यस्तै पाटन सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका खुमलटार, इमाडोल,सातदोबाटो,गोदावरी,हात्तीवन, चापागाउँ,खोकना,चक्रपथ, हरिसिद्धी,रेडियोनेपालरलुभुफिडरबन्दभएकाप्रवक्ताघोषलेजानकारीदिए।लैनचौर सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएको गैह्रिधारा, टेकु सबस्टेसनबाट आपूर्ति दिइएका कीर्तिपुर, बागमती, ताहाचल, सुन्धारा, कालीमाटी, चक्रपथ र चमती, नयाँ चाबहिल सबस्टेसनबाट आपूर्ति भइरहेका हाँडीगाउँ तथा कालोपुल र स्युचाटार सबस्टेसनबाट आपूर्ति भइरहेका कलङ्की, बलम्बु रोपवे फिडर प्रभावित भएका छन्।प्राधिकरणका प्रवक्ता घोषले विद्युत् आपूर्ति यथाशीघ्र सञ्चालनमा ल्याउन प्राधिकरणको टोली खटिएको जानकारी दिए। धेरै ठाउँ जलमग्न भएका तथा नदीहरुमा जलसतह बढेकाले लाइन सञ्चालनमा असहज भइरहेको उनले उल्लेख गरे। साथै देशका अन्य स्थानमा पनि बिजुली आपूर्तिमा कठिनाइ उत्पन्न भएको प्राधिकरणले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस