उत्तरी गोरखामा असोजमै हिमपात

  • राजधानी पत्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १२, शनिबार (६ महिना अघि)
  • १७० पटक पढिएको
उत्तरी गोरखामा असोजमै हिमपात

तीन दिनदेखिको वर्षासँगै गोरखाको उत्तरी क्षेत्रमा भने असोजमै हिमपात भएको छ । मनास्लु आधार शिविर हिउँले ढाकेपछि आरोहण प्रभावित भएको छ भने पर्यटकहरू समस्यामा परेका छन् । चुमनुव्री गाउँपालिका–१ सामागाउँस्थित साम्दोमा भारी हिमपात भएपछि लार्केपासका लागि पुगेका पर्यटक साम्दोमा नै रोकिएका छन् । मनास्लु आधार शिविरमा शुक्रबार विहानबाट शनिबार दिउँसोसम्म लगातार हिमपात भएको आधारशिविरमा रहेका चुमनुब्री गाउँपालिका–३ पाङसिङका बुद्ध गुरुङले बताए ।‘आज (शनिबार) दिउँसोबाट हिउँ पर्न रोकिएको छ,’ उनले भने, ‘हिजो(शुक्रबार) देखि हिउा पर्दा ५ फिट जति जमिसेकेको छ, टेन्ट हिउँले छोपेपछि रातभर हिउँ पन्छाउँदै बस्न बाध्य भयौं ।’मनास्लु हिमाल आरोहणका लागि आएका पर्यटक पनि आधारशिविरमै रोकिएका छन् । ‘धेरै जसोले त आरोहण गरेर फर्किसकेका थिए, पछिल्लो समूह बाँकी थियो, अहिले वेसक्याम्पमै रोकिएको छ,’ उनले भने, ‘यसरी नै हिमपात भइरहे दुई/चार दिन आरोहण गर्न गाह्रो छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस