झरी थामिँदै जाँदा कोशीमा झनै बढ्दैछ जल सतह

  • राजधानी पत्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १२, शनिबार (४ महिना अघि)
  • १३१ पटक पढिएको
झरी थामिँदै जाँदा कोशीमा झनै बढ्दैछ जल सतह

झरी थामिँदै जाँदा कोशी नदीको जल सतह भने झन्–झन् बढ्दै गइरहेको छ। कोशी बराज प्रशासनले दिएको पछिल्लो जानकारी अनुसार अहिले कोशीमा पानीको बहाव ५ लाख ६० हजार क्युसेक नाघेको छ। सप्तकोशी नदीमा जल सतह उच्च भएपछि पुलमाथिबाटै पानी बग्न थालेको थियो। कोशीमा पानीको बहाव ५ लाख ५७ हजार क्युसेक पुग्दै पुलमाथिबाट पानी बगेको थियो। अहिले बहाव झनै बढेको छ। ‘कोशीमा जल सतह लगातार बढ्ने क्रममा देखिएको छ,’ एसपी रेग्मीले भने,‘अहिले कोशी बराजको पुलमाथिबाट पानी बग्न थालेको छ। हामीले यातायात र पैदल यात्रुलाई पनि हिँडडुलमा रोक लगाइसकेका छौं।’शनिबार बिहानैदेखि बढ्न थालेको सप्तकोशी नदीको बहाव लगातार उकालिँदै गएपछि स्थानीय प्रशासनले सप्तकोशी पुलबाट हुने आवतजावतमा शनिबार चार बजेदेखि रोक लगाएको थियो। शनिबार सप्तकोशीमा पानीको बहाव ३७ वर्षयताकै उच्च तहमा पुगेको कोशी बराज प्रशासनले जानकारी दिएको छ।यसअघि १९८९ मा सप्तकोशीको ४ लाख ७२ हजार क्युसेक पुगेको थियो। त्यसभन्दा अगाडि १९६८ मा ७ लाख ३० हजार क्युसेक पुगेको तथ्यांकमा उल्लेख छ।सप्तकोशी नदीमा जल सतहले सतर्कता तह नाघेपछि कोशी बराजका ५६ वटै ढोका खोलिएको छ।शनिबार दिउँसो १२ बजे सप्तकोशीमा पानीको बहाव ५ लाख ७ हजार ६९० क्युसेक पुगेको थियो। ३ बजेपछि बढेर ५ लाख २१ हजार पुगेको पानीको बहाव अहिले साढे पाँच लाखभन्दा बढी भएको छ। यसअघि सन् १९८७ मा ५ लाख २३ हजार ७७१ जलसतह क्युसेक रेकर्ड भएको थियो। अघिल्लो वर्ष सप्तकोशीमा सबैभन्दा बढी ४ लाख ४० हजार क्युसेक बहाव पुगेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस