७ नदिहरूको जलसतह अझै खतराको तहमाथि

  • राजधानी पत्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १३, आईतबार (६ महिना अघि)
  • १९६ पटक पढिएको
७ नदिहरूको जलसतह अझै खतराको तहमाथि

बिहीबार रातिदेखि शनिबार बेलुकासम्मम लगातारको वर्षाले देशैभरीका अधिकांश साना ठूला नदीहरूमा बाढी आएको थियो।शनिबार बेलुकादेखि वर्षा केही मत्थर भएपनि ७ जिल्लामा विभिन्न नदीहरूको जलसतह खतराको तह माथि नै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार काठमाडौंको बालकुमारीमा मनोहरा खोला, ललितपुरको खोकनामा बागमती खोला, धनकुटाको सिम्लेमा अरूण नदी, सिन्धुलीको खुर्कोटममा सुनकोशी, भोजपुरको हम्पाचौरमा सुनकोशी, धनकुटाको त्रिवेणीमा तमोर नदी र सुनसरीको चतरामा  सप्तकोशी नदीमा जलसहत अझै खतराको तहमाथि छ।त्यस्तै बागमती नदी मकवानपुरमा, बाराको महेशपुरमा पसाहा खोला, सिन्धुपाल्चोकको दोलालघाटमा सुनकोशी नदी ,पाँचथरको माझीटारमा तमोर नदी र सुनसरीको पूर्वपश्चिम राजमार्गको सुनसरी खोलामा जलसतह अझैपनि सतर्कता तहमाथि छ।

ताजा अपडेट

खोजी गर्नुहोस