१३ असोज, काठमाडौं । नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा पुरिएको अवस्थामा भेटिएको बस निकाल्ने काम भइरहेको छ ।
बसको केही भाग मात्र देखिन्छ । बसको नम्बर पनि खुलेको छैन । त्यहाँ डोजर प्रयोग गरेर पहिरो पन्छाउने तयारी भइरहेको छ । झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट १४ जनाको शव निकालिएको थियो ।