झ्याप्ले खोला अपडेट: शव संख्या १३ पुग्यो

  • राजधानी पत्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १३, आईतबार (६ महिना अघि)
  • १९७ पटक पढिएको
झ्याप्ले खोला अपडेट: शव संख्या १३ पुग्यो

१३ असोज, काठमाडौं । झ्याप्ले खोलामा पुरिएका १३ जनाको शव निकालिएको छ ।

फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन ।

सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ । झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट १४ जनाको शव निकालिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस