अलपत्र यात्रुहरुको तत्काल उद्धार गर्न राज्य व्यवस्था समितिको निर्देशन

  • राजधानी पत्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १५, मंगलबार (६ महिना अघि)
  • १३१ पटक पढिएको
अलपत्र यात्रुहरुको तत्काल उद्धार गर्न राज्य व्यवस्था समितिको निर्देशन

१५ असोज, काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्धार गर्न निर्देशन दिएको छ ।

बाढी तथा पहिरोको क्षतिबारे छलफल गर्न समितिले मंगलबार गृहमन्त्री रमेश लेखकलाई बोलाएको थियो । छलफलपछि समितिले राजमार्गहरुमा अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्दार गर्न निर्देशन दिएको छ । राहत तथा उद्धारमा तदारुकता देखाउन, हवाई भाडा बढ्न नदिन र राजमार्गहरु सुचारु गर्न समेत समितिले भनेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस