प्रतिकुल मौसमको कारण मुलुकको अधिकांश हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीको कारण त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान क्रमश संचालन आईरहेका छन् । यसै क्रममा काठमाडौ रुम्जटार हवाई उडान पनि असोज २० गतेदेखि संचालनमा आउने भएको छ । राजधानी संग जोड्ने अन्य सडक माध्यम अबरुद्ध हुँदा आकस्मिक विरामी ल्याउने माध्यम समेत नभएकोले तत्काल काठमाडौ रुम्जटार हवाई उडान संचालनमा ल्याउन ओखलढुंगा प्रतिनिधिसभा सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाको विशेष पहलकदमी उक्त हवाई उडान संचालनमा आउने भएको हो । नेता खतिवडाले केही दिन अघाडी सस्कृती तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे संग प्रत्येक्ष भेटेर ध्यानाकर्षण गराएका थिए । नेता खतिवडाले शुक्रबार सामाजिक संजालबाट असोज २० गतेदेखि उक्त हवाई उडान संचालनमा आउने जानकारी गराएका छन् ।