काठमाडौं । नेपाली म्युजिक भिडियो इतिहासमा सबैभन्दा ठुलो लगानीमा भिडियो छायांकन गरिएको छ । दशैंअघि थाइल्याण्डमा छायांकन गरिएको म्युजिक भिडियो ‘मालती’मा लगानी ६० लाख बढी रहेको निर्देशक सञ्जय न्यौपानेले बताए ।यो भिडियोको शिर्ष भूमिकामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र विशाल खरेलले अभिनय गरेका छन् ।
बुधबार परेको अभिनेता खरेलको जन्मदिनको अवसरमा यो गीतको फस्र्टलुक शोरुप स्टील फोटोहरु सार्वजनिक गरिएका छन् । यो गीतको एक साताभन्दा बढि समय लगाएर छायांकन गरिएको हो ।यो गीतमा थाइल्याण्डका मंहगा मोडलहरुलाई कोरसको रुपमा प्रयोग गरिएको छ । यो गीतका सार्वजनि तस्वीरमा साम्राज्ञी आर्कषक लुक्समा प्रस्तुत छिन् ।
साथै, अभिनेता खरेलसँग रोमान्टिक अवतारमा समेत प्रस्तुत भएको तस्वीरमा देख्न सकिन्छ । नेपाली सिनेमाका निर्माता सञ्जयले यो गीतले नेपाली म्युजिक भिडियोलाई अन्तरराष्ट्रिय बजारमा चिनाउने दाबी गर्छन् ।