कोशी प्रदेशको संगठन विभाग उपसंयोजकमा सुवेदी नियुक्त

  • राजधानी पत्र
  • / नेपाली कांग्रेस /
  • २०८१ कार्तिक ११, आईतबार (५ महिना अघि)
  • २९८ पटक पढिएको
कोशी प्रदेशको संगठन विभाग उपसंयोजकमा सुवेदी नियुक्त

नेपाली कांग्रेस कोशी  प्रदेश संगठन विभाग उपसंयोजकमा ओखलढुंगाका नेता राजन सुवेदी  नियुक्त भएका छन्। पार्टीको प्रदेश सभापति उद्धव थापाले नेता  सुवेदीलाई  कात्तिक ९ मा कोशी प्रदेशको संगठन विभागको उपसंयोजकमा नियुक्त गरेका हुन् । उनलाई नेपाली कांग्रेसको  विधान २०१७ (दशौ संशोधनसहित) को परिच्छेद ४,धारा १३ () बमोजिम पार्टी सभापति थापाले  नियुक्त गरेका हुन्।

नेपाली कांग्रेसको १३ औ महाधिवेशबाट जिल्ला सदस्य हुँदै   निति,प्रशिक्षण प्रतिस्थान ओखलढुंगाका सहसंयोजक रहेका सुवेदी एक सफल निर्माण व्यावसायीसमेत हुन् । लामो समयदेखि निर्माण व्यावसायीमा संलग्न रहेका सुवेदी निर्माण व्यावसायी महासंघ जिल्ला प्रथम उपाध्यक्ष समेत रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस