बस र माइक्रो ठोकिँदा चितवनमा पाँच जनाको मृत्यु (अपडेट)

  • राजधानी पत्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक २३, शुक्रबार (१ महिना अघि)
  • १५७ पटक पढिएको
Post Thumbnail

नारायणघाट मुग्लिन सडक खण्डको सत्रकिलोमा बस र माइक्रो बस ठोकिँदा ५ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा विनय त्रिवेणी गाउँपालिका-४ स्थित बगैँचाका ३५ वर्षीय सन्तोष भुसाल, उनकी श्रीमती ३३ वर्षीय सविना भुसाल, गोरखा आरुघाट गाउँपालिका–१ मान्बुका राजबहादुर गुरुङ, भारत घर भई पोखरामा किराना पसल गर्दै आएका ३६ वर्षीय राजकुमार शाह रहेका छन्।

शुक्रबार बिहान बिहान ३ बजे भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा बस र हायस ठोकिएको हो। मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बाप्र ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बाप्र ०३–००१ ख २८१२ नम्बरको बस एक आपसमा ठोकिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

मृत्यु हुनेमा विनय त्रिवेणी गाउँपालिका-४ स्थित बगैँचाका ३५ वर्षीय सन्तोष भुसाल, उनकी श्रीमती ३३ वर्षीय सविना भुसाल, गोरखा आरुघाट गाउँपालिका–१ मान्बुका राजबहादुर गुरुङ, भारत घर भई पोखरामा किराना पसल गर्दै आएका ३६ वर्षीय राजकुमार शाह रहेका छन्। शुक्रबार बिहान बिहान ३ बजे भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा बस र हायस ठोकिएको हो। मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बाप्र ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बाप्र ०३–००१ ख २८१२ नम्बरको बस एक आपसमा ठोकिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

ताजा अपडेट

खोजी गर्नुहोस