ज्यान मार्ने उद्योग कसुरमा पक्राउ परेका (दीपक मनाङे) राजीब गुरूङ कारागार चलान भएका छन्।
काठमाडौं जिल्ला अदालतले मंगलबार उनलाई डिल्लीबजार कारागारमा जेल चलान गरेको सूचना अधिकारी मेलिश बाँस्कोटाले जानकारी दिए।केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार बिहान सितापाइलास्थित एक घरबाट पक्राउ गरेको थियो। सिआइबीले उनलाई पक्राउ गरी अदालतका फैसला कार्यान्वयन अधिकारीसमक्ष पेश गरेसँगै उनी जेल चलान भएका हुन्।कात्तिक २० गते सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य राजिब गुरूङ ‘दीपक मनाङे’ लाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो।