नेपालबाट बंगलादेशमा बिजुली निर्यात सुरू

  • राजधानी पत्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक ३०, शुक्रबार (३ हप्ता अघि)
  • ७७ पटक पढिएको
नेपालबाट बंगलादेशमा बिजुली निर्यात सुरू

काठमाडौं : नेपालबाट बंगलादेशमा आजदेखि बिजुली निर्यात सुरू भएको छ। शुक्रबार सिंहदरबारबाट उर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का र भारत तथा बंगलादेशका ऊर्जामन्त्रीले भर्चुअल माध्यमबाट संयुक्त रुपमा बंगलादेशमा विद्युत् निर्यातको औपचारिक सुरुवात गरेका हुन् । यसअघि भएको त्रिदेशीय सम्झौता अनुसार शुक्रबारदेखि ४० मेगावाट बिजुली बंगलादेश निर्यात हुन थालेको हो ।

विद्युत् व्यापार गर्ने विषयमा गत असोज १७ गते नेपाल, भारत र बङ्गलादेशका उच्च अधिकारीबीच त्रिपक्षीय सम्झौता भएको थियो । सम्झौताअनुसार हरेक वर्षको १५ जुनदेखि १५ नोभेम्बरसम्म विद्युत बङ्गलादेश निर्यात गरिनेछ ।

बंगलादेश विद्युत निर्यात शुभारम्भ गर्दै ऊर्जामन्त्री खड्काले बिजुली बङ्गलादेश निर्यात सुरु भएसँगै दक्षिण एशियामा नै विधुत बिक्री गर्ने लक्ष्यमा अघि बढेको बताए । उनले नेपालको आर्थिक विकासमा समेत सहयोग गर्ने जिकिर गरे।

ताजा अपडेट

खोजी गर्नुहोस