पर्यटक आकर्षित गर्न तीन सय रंगीविरंगी छाताले सजाइएको दोमुखा

  • राजधानी पत्र
  • / पर्यटन /
  • २०८१ मंसिर ५, बुधबार (४ महिना अघि)
  • १४५ पटक पढिएको
पर्यटक आकर्षित गर्न तीन सय रंगीविरंगी छाताले सजाइएको दोमुखा

झापाको कनकाई नदी किनारमा अवस्थित धार्मिक पर्यटकीयस्थल दोमुखा चिटिक्क पारेर सजाइएको छ।

पहाडको फेदमा रहेको यो क्षेत्र जिल्लाको आकर्षक पर्यटकीय गन्तव्य मध्येको एक हो । आन्तरिक एवं बाह्य पर्यटक आकर्षित गर्न ४५ हजार रूपैयाँ लागतमा उक्त स्थललाई तीन सय वटा विभिन्न रङका छाताले सिँगारिएको छ ।

शिवसताक्षी नगरपालिका–१० मा पर्ने दोमुखा पूर्वपश्चिम राजमार्ग माईधार बजारबाट उत्तर तीन किलोमिटरमा छ।

धार्मिक पर्यटकीयस्थलको रुपमा परिचित दोमुखामा नवदम्पतीको फोटो खिच्न, विभिन्न म्युजिक भिडियो, चलचित्र छायाङ्कन र टिकटक बनाउन आउनेहरू पछिल्लो समय बढेका दोमुखा पर्यटन विकास समितिका अध्यक्ष धनप्रसाद लावतीले बताए।

‘हामीले पर्यटन प्रवर्द्धन गर्न वर्षैँपिच्छे नयाँ योजना कार्यान्वयन गरेका छौँ,’ उनले भने, ‘पर्यटकको मनोभावना बुझेर त्यहीअनुसारका संरचना निर्माण गरेका हौँ।’दोमुखामा आकर्षक बुद्धपार्क, व्यवस्थित वनभोजस्थल, बाल उद्यन, बहुसांस्कृतिक सङ्ग्रहालय लगायत संरचना छन् । दोमुखा सडकको प्रवेशद्धार माईधारमा आकर्षकद्वार निर्माण गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस