दक्षिण कोरिया।दक्षिण कोरियाको राजधानी सोलमा भारी हिमपात भएको छ । द कोरिया हेराल्डका अनुसार सोलमा इतिहासकै तेस्रो बाक्लो हिमपात भएको हो । बुधबार र बिहीबार सोलमा बाक्लो हिमपात भएको हो ।
बिहीबार बिहान ८ बजे सोलमा २८.६ सेन्टिमिटरसम्म हिउँ जमेको समाचारमा जनाइएको छ । सन् १९०७ देखि कोरियामा हिमपातको रेकर्ड राख्न थालिएको हो ।सोलमा मार्च २४, १९२२ मा ३१ सेन्टिमिटर हिउँ परेको थियो । जनवरी ३१, १९६९ मा ३० सेन्टिमिटर र त्यसै वर्षको फेब्रुअरी १ मा २८.६ सेन्टिमिटर हिउँ परेको थियो ।शुक्रबारसम्म मुलुकका विभिन्न भागमा हिउँ पर्ने सम्भावना रहेको पनि त्यहाँको मौसम विभागले जनाएको छ । लगातार बाक्लो हिउँ परेपछि दर्जनौँ उडानहरू बन्द भएका छन् ।साथै फेरी हरू पनि बन्द गरिएको स्थानीय समाचार माध्यमहरूले जनाएका छन् । अत्यधिक चिसोका कारण कम्तीमा ४ जनाको मृत्यु भएको योन्हाप न्युज एजेन्सीले जनाएको छ ।