लोक सांगीतिक क्षेत्रमा जम्दै गायक सिदार्थ-

  • राजधानी पत्र
  • / कला/संस्कृति /
  • २०८१ मंसिर १३, बिहिबार (१ हप्ता अघि)
  • १९७ पटक पढिएको
लोक सांगीतिक क्षेत्रमा जम्दै गायक सिदार्थ-

लोकदोहोरी गायक सिदार्थ आले मगर चिनिएका कलाकार हुन् । उनले औपचारिक गायन प्रारम्भ गरेदेखि नै लोकप्रिय भए । लोकदोहोरी गायनमा २०७६ सालमा पाइला राखेका उनले गाएका गीत र लाईभ दोहोरी त्यतिबेलै चर्चित बन्न पुगे।

विशेषगरी उनी स्टेज कार्यक्रम र लाइभ दोहोरीका लागि चिनिएका छन् । नेपालका अधिकांश सहर देखि गाउँ गाउँमा आफ्नो गायन कला प्रस्तुत गरिसकेका छन्  भने उनको सुमधुर आवाज,मौलिक गीत र शब्द चयनको प्रस्तुतिले गर्दा दर्शकले निकै रुचाउँछन् र अहिले सबैले रुचाएकोले  स्टेज कार्यक्रममा डिमाण्ड आइरहेको र निकै ब्यास्तता बढिरहेको उनी बताउछन् ।

ओखलढुंगा चम्पादेवी पलापु स्थायी घर भएका मगर गाउँघरमा हुने र लोकदोहोरी प्रतियोगितामा सहभागी हुँदै करिअर बनाउने उद्देश्यसहित सहर छिरेको सिद्धार्थले  सुनाए । उनले भने, ‘म गायनमा शून्यदेखि आएको हुँ । यो क्षेत्रमा मेरो आफ्नो कोही थिएन । त्यसैले सुरुका दिनमा निकै दुःख पनि पाएँ । तर, मिहिनेत र संघर्षबाट भागिन । त्यही कारण आज म यहाँ छु ।गायक मगरले केही समयअघि मात्र दुईवटा लोकदोहोरी गीत सार्वजनिक गरेका छन् ।जुगै जाने माया र मगर सालिबोलको ती गीत अहिले लोकदोहोरी बजारमा निकै चलेका छन् । उनी भन्छन्, ‘अहिले पाएको दर्शक र स्रोताको माया र हौसलाले गीत गाएर पनि बाँच्न सकिन्छ भन्ने महशुस भइरहेको छ ।   

गायक सिदार्थको यसअघिका चर्चित गीतमनैमा हजुरमेरै बन लमगर सालीभेनाको जातैलेलगायतका दजौनौ गितहरु हित छन् त्यसैगरी दर्शक तथा श्रोताको माया पाएका मगरको  दुई दर्जन  भन्दा बढी गीत बजारमा आइसकेका छन्भने एक हजार भन्दा बढी लाईभ दोहोरी गाएका छन्

ताजा अपडेट

खोजी गर्नुहोस