मगर मौलिक कौराह“आले भेना”बोलको म्युजिक भिडियो सार्वजनिक

  • राजधानी पत्र
  • / कला/संस्कृति /
  • २०८१ पौष २७, शनिबार (१ हप्ता अघि)
  • १२७ पटक पढिएको
मगर मौलिक कौराह“आले भेना”बोलको म्युजिक भिडियो सार्वजनिक

गायक सिदार्थ आले मगर र दिपिका बयम्बु मगरको स्वरमा रहेकाे कौराह गीतआले भेनाको म्युजिक भिडियो सार्वजनिक भएको छ। मगर समुदायको महान पर्व माघेसंक्रान्तिको पुर्व सन्ध्यामा सार्वजनिक भएको उक्त भिडीयो १५ मिनेट ४३ सेकेन्ड रहेकोे छ।डोलराज बाह्रघरेको म्युजिक एरेन्ज तथा  सिदार्थ आले मगरको लय तथा शब्द रहेकोे गीतको  भिडियोमा  मोडल बिजय पुन,चाहना राना मगर दिपिका बयम्बु मगर,सिदार्थ आले मगर खेम राना  (मिस मगर हंकङ २०१४)विजेता अन्जना पुन मगर लगायतले नृत्य गरेका छन् ।दिपिका बयम्वु मगरले निर्देशन गरेको भिडियो करन चैसिरले खिचेका  हुन भने नवीन घर्ती मगरले कलर भरेका छन्।सिदार्थ आले मगर युट्युव च्यानलमा सार्वजनिक भएको भिडियोलाई  छोटो समयमै दर्शकले निकै रुचाएका छन्।

मगर समुदायको मौलिक र लोकप्रिय कौराह पुर्खाहरुको धरोहर र पहिचान भएकोले यसको संरक्षण र सम्बर्द्धन गर्न जरुरी रहेको गायक सिदार्थको बुझाई छ मगर समुदायको पहिचान र सस्कृती बोकेको कौराहप्रती नयाँ पुस्ताको मोह हुन जरुरी छ कौराह नाचलाई निरन्तर संरक्षण गर्दै लोपोन्मुख सस्कृतिलाई जोगाउदै पुस्तान्तरण गर्नु सबैको जिम्मेवार रहेको छ।पछिल्लो पुस्तामा निकै रुचाएका  गायक सिदार्थ आले मगरकोमनैमा हजुरमेरै बन लमगर सालीभेनाको जातैलेलगायत दजौनौ गित चर्चामा छन् भने मौलिक स्वरको धनी गायिका दिपिका बयम्बु मगरकोकस्मिरे पछ्यौरी मायालाई पानको पातलगायतका गित चर्चामा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस