गृहमन्त्री रमेश लेखकमाथि छानबिन र कारबाहीको माग राखी जनकपुरमा दलित अधिकारकर्मीहरूले विरोध प्रदर्शन गरेका छन्। अन्तरजातीय विवाह गर्ने दलित युवकमाथि गृहमन्त्रीकै निर्देशनमा अत्याचार गरिएको घटनामा उनीमाथि कारबाहीको माग गरिएको हो ।
दलित महिला संघ, नेपाल राष्ट्रिय मुसहर संघ तथा जात व्यवस्था उन्मूलन मोर्चा नेपाललगायतले विरोध प्रदर्शन गरेका हुन्।
सर्लाहीका सत्येन्द्रकुमार राम र नेहा रौनियारलाई छुटाउन गृहमन्त्रीकै निर्देशनमा पटक-पटक पक्राउ गरेर यातना दिइएको विषय बाहिरिए पछि गृहमन्त्री माथि छानबिनको माग सडकदेखि सदनसम्म उठिरहेको छ।