म्यानमारको अपडेट : मृत्यु हुनेको संख्या २ हजार नजिक

म्यानमारको अपडेट : मृत्यु हुनेको संख्या २ हजार नजिक

म्यानमारमा मृत्यु हुनेको सङ्ख्या बढी रहेको छ । पछिल्लो विवरण अनुसार भूकम्पमा परेर अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ६४४ पुगेको छ ।

विवरण अनुसार भूकम्पले ३ हजार ४०८ जनालाई घाइते बनाएको छ ।खोजी तथा उद्धार कार्य जारी रहेको ले मृतक र घाइतेको संख्याको अझै बढ्न सक्ने अनुमान गरिएको छ ।मध्य म्यान्माको सागिङ सहरको उत्तरपश्चिममा शुक्रबार ७।७ म्याग्निच्युडको भूकम्प गएको थियो ।त्यसको केही मिनेटपछि ६।७ म्याग्निच्युडको पराकम्प आएपछि धेरै क्षति भएको अधिकारीहरुले बताएका छन ।भूकम्पले म्यान्मामा भवन, पुल र सडकका साथै १७ लाखभन्दा बढी मानिसहरूको घरमा क्षति पुगेको थियोभूकम्पको कारण बैङ्ककमा थप १० जनाको मृत्यु भएको छ । कम्तीमा १०० जना हराइरहेको पुष्टि भएको छ ।भुकम्पका कारण सञ्चार प्रणाली अवरुद्ध भएपछि वास्तविक तथ्याङ्क सरकारले सार्वजनिक गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस