राजावादीको होहल्ला र रणनीति पूर्णरुपमा असफल भइसक्योः प्रचण्ड

  • राजधानी पत्र
  • / राजनीति /
  • २०८२ बैशाख १३, शनिबार (३ हप्ता अघि)
  • १४० पटक पढिएको
राजावादीको होहल्ला र रणनीति पूर्णरुपमा असफल भइसक्योः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीको होहल्ला र रणनीति पूर्णरुपमा असफल भइसकेको बताएको छन् ।

शनिबार काठमाडौंमा प्रेस सेन्टर नेपालको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा बोल्दै प्रचण्डले चैत्र १५ गतेपछि राजावादीको होहल्ला र रणनीति पूर्णरुपमा असफल भइसकेको र गणतन्त्रबादी सफल भएको बताएका हुन् ।

उनले आउने दिनमा पनि बितण्डा मच्चिन सक्ने भएकाले प्रतिगामीहरुलाई खवरदारी गर्ने जिम्मेवारी सवैको भएको उल्लेख गरे । प्रचण्डले अहिलेको सरकार सुशासनका बिरुद्ध खडा गरिएको बिचौलियाको सरकार भएको दोहररयाए । विद्यालयका लाखाँै शिक्षकहरु निरन्तर आन्दोलनमा रहँदा पनि सरकारका नेतृत्व गैरजिम्मेवार ढंगले प्रस्तुत भएको उनले बताए ।

हिजो शिक्षकहरुलाई किन आन्दोलन नगरेको भनेर उस्काउने व्यक्ति अहिले प्रधानमन्त्रीको कुर्सीमा रहेको भन्दै प्रचण्डले प्रधानमन्त्रीले नै शिक्षकहरुलाई अपमानीत गर्ने काम गरेको आरोप लगाए । उनले आफु प्रधानमन्त्री हुँदा शिक्षक, सहकारी र लघुवित्त पीडितहरूको जायज माग सम्बोधन गर्ने पहल गरेको दावी गरे ।

अध्यक्ष प्रचण्डले यथास्थितिवादीसँग र प्रतिगामी षड्यन्त्रका विरुद्ध प्रचार संयन्त्रमार्फत लड्नुपर्ने जिकिर गरे ।

 

ताजा अपडेट

खोजी गर्नुहोस