राज्य व्यवस्था तथा सुशासन समिति सभापति खतिवडा र वेलायतका राजदूत फेनबीच भेटवार्ता

  • राजधानी पत्र
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ ३०, बिहिबार (४ हप्ता अघि)
  • ५८ पटक पढिएको
राज्य व्यवस्था तथा सुशासन समिति सभापति खतिवडा र वेलायतका राजदूत फेनबीच भेटवार्ता

काठमाडौँ — राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच भेटवार्ता भएको छ ।भेटघाटमा नेपाल र बेलायतबीचको सम्बन्ध, समितिमा छलफल भई पास भएको निजामती सेवा विधेयकका विषयमा कुराकानी भयो । साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक पास गरेकोमा फेनले समितिलाई बधाईसमेत दिए । नेपाल प्रहरी र बेलायती प्रहरीबीचको सम्बन्ध बढाउनेसम्बन्धी विषयमा राजदूत फेनले चासो राखेका थिए । नेपाल र बेलायतबीच आपसी सहयोग र सम्बन्धका विषयमा पनि छलफल भएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस