गायिका एलिनालाई सामाजिक सञ्जालमा अशिष्ट कमेन्ट गर्ने एकजना पक्राउ

  • राजधानी पत्र
  • / अपराध /
  • २०८२ अषाढ १९, बिहिबार (१ हप्ता अघि)
  • ७४ पटक पढिएको
गायिका एलिनालाई सामाजिक सञ्जालमा अशिष्ट कमेन्ट गर्ने एकजना पक्राउ

काठमाडौं । गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा गुञ्जन राईलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले चितवन स्थायी घर भई ललितपुरको बाडेगाउँमा बसोबास गर्दै आएका ३३ वर्षीय राईलाई पक्राउ गरेको हो।

साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार, चौहानको जाहेरीका आधारमा उनलाई बुधबार नियन्त्रणमा लिइएको हो। राईमाथि आवश्यक अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस