यसका साथै बिहीबार पारित संशोधनले राष्ट्रिय सभामा सेना र प्रहरीको प्रवेशलाई पनि निषेध गरेको छ। अब उनीहरूलाई प्रवेश गर्न सभामुखको अनुमति आवश्यक पर्नेछ।गत वर्ष डिसेम्बरमा पूर्व राष्ट्रपति युन सुक–योलले केही समयका लागि देशमा मार्शल ल लगाएका थिए। यसको विरुद्धमा मतदान गर्न सांसदहरूले पर्खाल नाघेर जानुपर्ने अवस्था थियो।राजनीतिक समस्याका कारण युन सुक–योलले डिसेम्बर ३, २०२४ मा मार्शल ल लागू गरे। यसपछि सैन्य बलले त्यस रात राष्ट्रिय सभालाई घेरेका थिए।