एजेन्सी।अस्पतालका डाक्टरलाई धेरैले भगवान जस्तै मान्छन । तर कतिपय अवस्थामा तिनै डाक्टरहरु शत्रु सरह हुन्छन । अर्थात उपचारमा खटिएका डाक्टरले रोगको सहि पहिचान गरि उपचार गर्दा विरामी निको हुन्छन भने एउटा सानो गल्तीले विरामीको ज्या’नै जान सक्छ ।स्पेनमा पनि डाक्टरको एउटा गल्तीले अनौठो समस्या निम्तिएको छ । बालबालिकाहरुलाई पेट दुखाईको समस्या निदानका लागि डाक्टरले दिएको औषधि खाँदा अर्कै परिणाम देखियो ।
उत्तरी स्पेनको क्यान्टब्रिया क्षेत्रको टोरेलागेभा शहरका २० जना बालबालिकाहरुमा पेट दुख्ने र ग्याँस उत्पन्न हुने रोग निको पार्न भन्दै डाक्टरले औषधि दिए ।औषधि खाएपछि ति बालबालिकाहरको शरीरमा अत्यधिक मात्रा कपालका जस्तै रौंहरु उम्रिए । स्थानीय प्रशासनका अनुसार पेट दुखाइको समस्या लिएर आएका बालबालिकहरुलाई ओमेप्राजोल नामक औषधि दिनुपर्नेमा मिनोजिडिल भन्ने औषधि दिइएको थियो ।गलत औषधिका कारण बालबालिकाहरुको शरीरमा अनावश्यक रौंहरु उम्रिएका हुन । शरीरमा अनावश्यक रुपमा रौं उम्रिने रोगलाई हाइपरट्रिचोसिस भनिन्छ ।
डेलिमेलमा प्रकाशित समाचार अनुसार मिनोजिडिल नामक औषधि कपाल बढाउनका लागि प्रयोग गरिने औषधि हो ।गलत औषधिको प्रयोगका कारण शरीरभरि अत्यधिक मात्रामा रौं उम्रिएका २० जना बालबालिकाहरुका अभिभावकले औषधि सिफारिस गर्ने डाक्टर र औष’धि पसलविरुद्ध क्षतिपुर्तीको मागसहित मु’द्धा दायर गरेका छन ।
मिनोजिडिल सिरपको बोत्तलमा ओमेप्राजोलको लेबल टाँसेर ग्रानाडा, केन्टाब्रिया र भेलेन्सिया शहरका औषधि पसलहरुमा वितरण गरिएको छानविनका क्रममा खुलासा भएको छ ।यो घटनाप्रति स्थानीय प्रशासनले गल्ती महसुस गर्दै पीडित बालबालिकहरुको उपचार शुरु गरेको छ। श्रोतः गोर्खाली खबर
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस