किताब यात्रा फाउण्डेसनद्वारा आयोजना गरिने ‘नविल किताब जात्रा, २०७७’ माघ १७ देखि २३ गतेसम्म हुने भएको छ । कला, साहित्य र सामाजिक जनजीवनमाथि केन्द्रीत रहेर अन्तरक्रिया गरिने उक्त उत्सव यसपटक टेलिभिजन प्रसारणबाट मात्र देखाइने बताइएको छ ।आइतबार बिहान काठमाडौंमा पत्रकार सम्मेलनको आयेजना गर्दै किताब यात्रा फाउण्डेसनले विभिन्न सातवटा विषयमा सातवटा अन्तरक्रिया कार्यक्रम गरिने बताएको हो ।
सम्मेलनमा बोल्दै फाउण्डेसनका अध्यक्ष ऋषिराम अधिकारीले कोभिड संक्रमण जोखिम अझै रहेकाले भौतिक दुरी कायम गर्दै अन्तरक्रिया गर्ने घोषणा गरे ।पठन संस्कृतिको विकासका लागि गरिने किताब जात्रा यसपटक टेलिभिजनमार्फत गर्नेछौं’ अध्यक्ष अधिकारीले भने, ‘सातवटा अन्तरक्रिया सेसन र एक विशेष काव्य प्रस्तुतिसहित कार्यक्रम हुनेछ ।नविल बैंक प्रमुख टाइटल स्पोन्सर रहेको कार्यक्रम माघ १७ देखि एकसाता हरेकदिन साँझ ६ देखि ७ बजेसम्म एपी वान टेलिभिजनमार्फत देखाइने तय भएको छ ।
वक्ता तथा मोडेरेटरहरूले टेलिभिजनकै स्टुडियोबाट बहस गर्नेछन् ।पत्रकार सम्मेलनमा बोल्दै नवील बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले अध्ययन भन्नेबित्तिकै किताबमात्र नभएर मानिसको जीवनको, दुखसुखको ज्ञान पनि पठककै अर्को रुप भएको बताए । शाहले भने, ‘भोलिको पुस्तालाई पूर्ण नेपाली बनाउनु छ भने पठन संस्कृति नै प्रमुख हतियार बनाउनुपर्नेछ । यसका लागि हामीले किताब जात्रासँग सहकार्य गरेका हौं ।’ स्रोत : अन्लाईन खबर
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस