महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ।लघुवित्तले जारी पूँजी१० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।निष्काशन गरिने कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ३ लाख ७५ हजार कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्नेछन्।
सो आईपीओमा छिटोमा फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभरीमा पूर्ण आवेदन नपरेमा फागुन १२ गतेसम्म निष्काशन खुला गरिने लघुवित्तले जनाएको छ।लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरोशेयर सफ्टवेयर प्रयोग गरी पनि आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यअर रेटिङ्ग डबल बी’ प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।हाल लघुवित्तको चुक्ता पूँजी ६ करोड रुपैयाँ छ। यस ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ।
गत आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७६/७७ मा प्रतिशेयर आम्दानी ५८ रुपैयाँ ८५ पैसा रहेको यस लघुवित्तले चालु आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७७/७८ मा यस्तो आम्दानी ५१ रुपैयाँ २३ पैसा पुग्ने प्रक्षेपण गरेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ गत आर्थिक वर्ष ३१३ रुपैयाँ १६ पैसा रहेको छ भने चालु आर्थिक वर्षमा २९४ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ।स्रोत : मेरोलगानी
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस