काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि खेल जित्नका लागि खेल्नुपर्ने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार काठमाडौमा आयोजना अन्तरक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खेलमा हारजितको ठूलो महत्व रहने भन्दै कहिल्यै नहारेको देशले नेपालले खेल पनि जित्नकै लागि खेल्नुपर्ने बताए । ल’डाईमा नहार्ने देश यत्रायत्रा डल्लासँग किन हार्नै ? खेल भन्या केहो ? एउटा भकुण्डो नै हान्ने त हो नि । किन हार्ने ? क्रिकेटमा एउटा बल हान्ने हो त्यसमा किन हार्ने ? सितेरियो, कराँते, कम्फु र भारत्तोलन, किन हार्ने ?’ अशान्ति जीत र हारका आधारमा हुने भन्दै उनले भने,‘संसद भंग भईसक्यो चुनाव हुन लागिसक्यो, हुनुहुदैन भनेर कराईरहेका छन् त्यो जीतका लागि हो ।
प्रधानमन्त्री ओलीले जितका लागि अतिआवश्यक,अपरिहार्य र न्युनतम आवश्यकता परिपुर्ति गर्ने गरि सरकारले खेल क्षेत्रलाई सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । पछिल्लो समय आवश्यक सामान किन्नका लागि नभई राम्रो देखिएको सामान किन्नका लागि ‘सपिङ’मा निस्कने चलन देखिएको भन्दै उनले भने, ‘चाहिएको कपडा÷सामान किन्नका लागि होइन, राम्रो देख्यो उठायो । सरकारले सपिङका लागि होइन,चाहिएको सामान किन्नका लागि सहयोग गर्न सक्छ । गच्छेअनुसारको सहयोग गर्छ । अगामी बर्ष पहिलेको बजेट भन्दा बढेर आउँछ ।’त्यस क्रममा प्रधानमन्त्रीले राष्ट्रिय खेलकुद परिषद्लाई अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनौट गर्दा पक्षधरता बिना छनौट गर्न सुझाव समेत दिए ।
पक्षधरता विना नै प्रशिक्षक छनौट गर्ने काम परिषद्को भएको र प्रशिक्षक एवं खेलका लागि खेलाडी चयन गर्दा स्वर्ण पदकलाई मात्रै प्राथमिकतामा राख्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।विगतमा जित्न सक्ने खेलाडी छनौटमा नपरेका गुनासो आएको दृष्टान्त दिदै उनले पदाधिकारी र छनौटकर्ताहरुलाई तालिमदेखि खेलप्रतियोगिता सम्मका खेलाडी छनौटमा भेदभाव नगर्न सुझाव दिए । गत बर्ष नेपालले सागमा प्राप्त गरेको सफलता निकै ठूलो उपलब्धि भएको भन्दै जुनसुकै खेल पनि पदक पाउने गरि खेल्नुपर्ने प्रधानमन्त्रीको भनाई थियो । सरकारले खेलकुद क्षेत्रको लगानीलाई बहुउत्पादनमुखी उपलब्धीको रुपमा लिएको स्पष्ट पार्दै प्रम ओलीले राम्रो प्रशिक्षक र आधुनिक प्रविधि प्रयोग गर्न सुझाव दिए ।
उनले बिजयी भएर पदक ल्याउँदा देशको गौरव बढाउने भएकाले खेल क्षेत्रको लगानी बेकार र अनुत्पादक नभएको टिप्पणी गरे । नेपालको भूगोल अनुसारको खेल उत्पादन गरि प्रतियोगिताहरुमा त्यस्ता खेललाई सहभागी गराउन परिषद्लाई सुझाव दिदै प्रधानमन्त्रीले खर्चको कमि भयो भनेर सहभागीता नै गुमाउने अवस्था आउन नदिने तर्फ पनि सचेत गराए । उनले कोभिड १९ को संक्रमणको जोखिम न्यून हुदै आएको भन्दै अब अन्य क्षेत्र जस्तै खेलकुल क्षेत्र पनि छिटै पुरानै लयमा फर्कने विश्वास व्यक्त गरे ।
खेल क्षेत्रमा सरकारको सधै सहयोगी भूमिका रहने विश्वास दिलाएका ओलीले राष्ट्रिय अन्तराष्ट्रिय प्रतिष्पर्धामा मात्रै नभई खेललाई स्वास्थ्य र सामान्य जीवनको अंग बनाउनुपर्ने बताए । खेललाई सबैले प्रतिरोध क्षमता वृद्धि गर्न र सामाजिक संस्कृति र जीवनपद्धतिको रुपमा स्थापित गर्नुपर्ने प्रधानमन्त्रीको भनाई छ । प्रत्येक प्रदेशमा एउटा रंगशाला बनाउने विषयबारेको प्रश्नमा उनले सातै प्रदेशमा एक ÷एक वटा रंगशाला बनाउने काममा केही मान्छेहरुले अवरोध श्रृजना गरेको बताए । रंगशाला बन्यो भने त्यसको जस आफुमा जाने डरले विकास विरोध केही मान्छेहरुले लगातार विरोध गरेकाले केही अवरोध देखिएपनि चुनाव पछिको बजेटमा रंगशाला निर्माणको कुरालाई ध्यान दिने स्पष्ट प्रधानमन्त्रीको भनाई थियो ।
मुलपानी क्रिकेट रंगशाला कहिले सम्पन्न हुन्छ भन्ने प्रश्नमा ‘दुई बर्ष भईसक्यो अझै भएको छैन ? भन्दै अनविज्ञता देखाए । कर्मचारी बढुवा तथा नया भर्नाका सम्बन्धमा भने आवश्यकता अनुसार नयाँ दरबन्दी श्रृजना गरी नियुक्ति दिने र अस्थायी कर्मचारीको सम्बन्धमा यथार्थ रिपोर्ट उपलब्ध गराउन खेलकुद मन्त्रीलाई प्रधानमन्त्रीले निर्देशन दिए । कार्यक्रममा परिषद्का सदस्य सचिव रमेश सिलवालले सरकाररले खेलकुदमा लगानी बढाएमात्रै त्यसले राम्रो परिणाम दिने बताए । स्रोत : रातोपाटी
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस