एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डि’भोर्स गरेकी गायिका अञ्जु पन्तले बिहेको तयारी गरेकी छिन् । अञ्जुले इलामका थिर कोइरालासँग बिहे गर्न लागेकी हुन् । दुबैको परिवारमा बिहेको कुराकानी भैरहेपनि मिति भने तय भएको छैन ।
थिरले भने–‘हामीहरु एकबर्षदेखि प्रेममा छौ । तर, तत्काल बिहे गर्ने, भव्य रुपमा गर्ने, लूगा नै सिउन दिएको भन्ने हल्लाहरु ग्लत हुन् । बिहेको कुरा भैरहेको छ । चाडै पनि हुनसक्छ, केही समय पनि लाग्न सक्छ ।’ उनले, आफूहरुले तत्काल बिहे गर्ने योजना नबनाएको भएपनि बजारमा आएको खबरले दबाब भने भएको थिरले जानकारी दिए । उनले अगाडि भने–‘तुरुन्त बिहे गरिहाल्ने भन्ने योजना थिएन । अर्को वर्षतिर गर्ने कि भन्ने सल्लाहा हुँदै थियो । तर, बजारमा हल्ला भएपछि दबाब भने भएको छ ।’
थिर र अञ्जु दुबैले क्रिश्चियन धर्ममा आस्था राख्छन् । थिरसँगको एक अन्तरवार्ताको क्रममा अञ्जुको भेट भएको थियो । यसपछि, भने उनीहरु न्जिक भएका थिए । थिरले अञ्जुको आवाजमा समावेश केही गीतमा शब्द समेत कोरेका छन् । अञ्जुका अधिकांश तस्वीर थिरले शेयर गरेको देखिन्छ ।
अञ्जुकी छोरी परितोशिका पन्तले केही समयदेखि मिडियामा आमाले बिहे गर्नुपर्ने बताउँदै आएकी थिइन् । अञ्जुले पनि छोरीको दबाबका कारण बिहे गर्ने बिषयमा सोचिरहेको बताएकी थिइन् ।स्रोत : अनलाइन खबर
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस