संवैधानिक निकायहरुमा ब’लमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड-माधव समूहले भोलि बिहीबार आम ह’ड्ताल गर्ने घोषणा गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अ’ख्तियार दु’रुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्ति गरेका थिए ।
सरकार र राष्ट्रपति मिलेर अ’संवैधानिक र गै’रकानुनी रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै प्रचण्ड-माधव समूहले आकस्मिक रुपमा भोलि देशब्यापी आम ह’ड्ताल गर्ने घोषणा गरेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक निकायहरुमा गरिएको नियुक्ति बल मिच्याई र नि’रंकुशतन्त्रको प’राकाष्ट भएको बताए ।
त्यसको वि’रोधमा आम अ’ड्ताल गर्नु आफूहरुको बाध्यता भएको भन्दै उनले भने, ‘केही अ’सहज स्थिति हुनेछ, यसका निम्ति पार्टीको तर्फबाट क्षमाचायना गरेका छौं ।’संविधान र लोकतन्त्रको रक्षाका लागि यो स्वरुपको सं’घर्ष गर्नुपर्ने अवस्था आएको उनले बताए ।
ह’ड्तालका क्रममा अत्यावश्यक सेवाका साथै परीक्षामा अ’वरोध नगर्ने सं’घर्ष समितिका सहसंयोजक पम्फा भुसालले बताइन् । परीक्षा दिन जाने विद्यार्थीहरुले प्रवेशपत्र देखाएर आफ्नो सवारी साधन ल्याउन पाउने सं’घर्ष समितिले जनाएको छ ।संयोजक श्रेष्ठका अनुसार २८ गते काठमाडौंमा जनसभा गर्ने कार्यक्रम यथावत नै राखिएको छ ।
स्रोत : अनलाइन खबर
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस