नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘तपाईं कम्युनिस्ट पार्टीको अध्यक्ष कि हिन्दु महासंघको’ भनी प्रश्न गरेका छन् ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा आवद्ध सञ्चारकर्मीसँग मंगलबार भएको छलफलका क्रममा प्रचण्डले कम्युनिस्ट पार्टीको अध्यक्ष हो कि हिन्दु महासंघको अध्यक्ष हो ।
भन्ने प्रश्न ओली आफैंले उठाएको बताए । अयोध्या, राम मन्दिर, पशुपतिनाथमा पूजा लगायतका कारण सबैले प्रश्न उठाएको उनले सुनाए । हालै चितवनमा पुगेर ओलीले आफूलाई अध्योध्याबारे किन नबोलेको भनेर प्रश्न गरेको स्मरण गर्दै प्रचण्डले त्यसको जवाफ पनि दिए। उनले अघि भने, ‘उहाँ पशुपति जानुभएकोमा हाम्रो आपत्ति छैन , उहाँ पशुपति जान पाउनुहुन्छ, बत्ती बाल्न पाउनुहुन्छ । तर संविधान मिच्न पाइएन । हालै चितवनमा पुगेर ओलीले आफूलाई अध्योध्याबारे किन नबोलेको भनेर प्रश्न गरेको स्मरण गर्दै प्रचण्डले त्यसको जवाफ पनि दिए।
यदि नेपालमा राम जन्मिएको प्रमाणित हुन्छ, धार्मिक पर्यटकीय स्थल बन्छ भने म भन्दा खुसी अर्को को होला ?’ उनले भने, ‘केपीजीलाई मेरो चुनौती के छ भने पुरातात्विक अन्वेषण गर्ने, राम नेपालको अध्योध्यामा जन्मिएको प्रमाणित गर्न सिन्को भाँच्नु भएको छैन । अहिले जे गर्नु भएको छ, त्यो स्टन्ट मात्र हो । हालै चितवनमा पुगेर ओलीले आफूलाई अध्योध्याबारे किन नबोलेको भनेर प्रश्न गरेको स्मरण गर्दै प्रचण्डले त्यसको जवाफ पनि दिए। आफूहरुले राज्य धर्म निरपेक्ष हुनुपर्छ भनेको तर जनताको धार्मिक आस्थाको सम्मान गर्ने बताए । स्रोत : अनलाइन खबर
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस