प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको वि’रुद्धमा नेकपाले आन्दोलन गरिरहेको छ । त्यहीबीचमा प्रधानमन्त्री ओलीले संवैधानिक नियुक्तिहरू गर्नुभयो । गर्नै नहुने काम उहाँले गरेपछि नेकपाले आमहडतालको घोषणा गर्यो । म काठमाडौँमै थिएँ । आन्दोलनका लागि मेरो आर्क भक्तपुर नै तोकेको थियो । तर जब आमहडताल घोषणा भयो । अनि यसका लागि मैले प्रदेश २ मा जाँदा नै उपयुक्त होला भनेर म जनकपुर गएँ । आमहडतालका लागि प्रदेश २ पार्टीका साथीहरूले राम्रै तयारी गर्नुभएको थियो । जनकपुर प्रदेश २ को अस्थायी राजधानी पनि हो । त्यहाँ प्रहरी प्रशासनको उपस्थिति पनि त्यस्तै छ ।
व्यपारीहरू पनि छन्, उनीहरूको मनसाय बन्दमा पनि व्यपार भइरहोस् भन्ने रहेको छ । ओली पक्षका नेताहरूले व्यपारीलाई पसल खोल, केही हुँदैन, हामी छाँै नि भनेर उक्साएका रहेछन् । त्यहाँका डीएसपी मकेन्द्र मिश्रले पनि त्यही प्रकारको क्रियाकलाप गरेको कुरा साथीहरूबाट रिपोर्टिङ भइरहेको थियो । हामी बिहान जुलुस लिएर बजार, यतायातलगायत बन्द गराउनतिर लाग्यौँ । हामी शिवचोकमा पुग्दा त्यहाँ एउटा गाडी आयो । त्यहाँ अलि धकमधुक्का भयो । म त्यहाँ आफ्ना साथीहरू तथा प्रहरीलाई सम्झाउने, बुझाउने काम गरिरहेको थिएँ । त्यस ठाउँमा सईको नेतृत्वमा प्रहरी टोली थियो । त्यतिबेला प्रहरी पनि त्यति एग्रेसिभ थिएन । हाम्रा साथीहरू पनि एग्रेसिभ थिएनन् । त्यतिकैमा डीएसपी मकेन्द्र मिश्रा ठोकठोक भन्दै आउनु भयो ।
मैले उहाँलाई भने, ‘यसरी जुधाउने काम नगर्नुस्, यसले कसैलाई राम्रो गर्दैन ।’ तर उहाँले मेरो कुरालाई वास्तै नगरी सीधै फाइरिङ गर्न लगाउनुभयो । त्यहाँको अवस्था हेर्दा पूर्वतयारीका साथ प्रहरी भेला भएको रहेछ । टाढैबाट फाइरिङ गर्दै प्रहरी आए । जसरी दोहोरो भिडन्तमा भटटट गोली चल्थ्यो त्यसरी नै चल्न थाल्यो । आश्रुँग्यास पनि फ्याल्न थाल्यो । आश्रुग्यास सम्भवतः टाढाबाट फ्यालिन्छ तर त्यो दिन नजिक नजिक गएर फ्याल्दै थिए । एकजना प्रहरी मेरो नजिक आएर आश्रुग्यासले मेरो तिघ्रामा हाने । मेरो तिघ्रा भाँचियो भन्ने लाग्यो । यसो छामे धेरै दुखेको मात्र हो भनेर पुनः म आन्दोलनमा सामेल भएँ ।
प्रहरी र आन्दोलनकारी साथीहरूलाई सम्झाउन खोजेँ । तर एकछिनपछि त मलाई असह्य पी’डा भयो, सहनै सकिनँ । उता रामचन्द्र झा, उदय बरबरिया, कारी यादव, प्रदीप साहलगायत पनि घाइते भएका छन् । त्यो पूरै सुनियोजित घटना नै थियो । कसैको टाउको फुटेको छ भने कसैको निधारमा चोट लागेको छ । मधेस आन्दोलनको झझल्को दिइरहेको थियो । काठमाडौँमा पानीको फोहोरा हान्छ तर मधेसमा गोली नै हान्छ । मधेसप्रति त्यो ओली प्रवृत्ति नै हो । मधेस आन्दोलनमा पनि ओली प्रवृत्तिका कारण त्यस्तो पहिले पनि भएको थियो अहिले पनि त्यस्तै भएको छ । मानव अधिकार आयोगले यो घटनाको छानबिन गर्नुपर्छ । स्रोत रातोपाटी
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस