साँखुस्थित शालीनदीमा माधवनारायण व्रत बसेका व्रतालुले परदेश यात्रा गरिरहेका छन् । परदेश यात्राका क्रममा व्रतालु खाली गोडा हिँडेरै जानुपर्ने नियम छ । जसअनुसार व्रतालु माघ २७ गते शालिनदीबाट बज्रयोगिनी ढोकासम्म दुंदनेगु (अष्ठाङ्ग दण्डवत गर्दै गएका थिए । यस्तै आज साँघुबाट व्रतालु बज्रयोगिनी हुँदै पशुपति पुगेका हुन् । पशुपतिमा उनीहरुले स्थानका साथै दर्शन गरेका छन् ।
माघ २९ गते पशुपतिबाट फर्पिङ व्रतालु फर्किङ बास बस्न पुग्नेछन् । त्यसको भोलिपल्ट उनीहरु साँखु पुग्नेछन् । यस्तै फागुन २ गते साँखुबाट पनौती बास बस्न जाने छन् भने पनौतीबाट फेरि साँखु बास बस्ने गरी व्रतालु फर्कनेछन् । यस्तै व्रतालुले फागुन ४ गते श्रीपञ्चमी पर्व मनाउने छन् भने फागुन ७ गते लगला सप्तमी पर्व मनाएर फागुन ९ गते द्रोण नवमीका दिन व्रतालुलाई खीर खुवाइने प्रचलन रहेको छ ।
यस्तै द्रोण नवमीको भोलिपल्ट साँखुबाट चाँगुनारायणमा बास बस्ने गरी परदेश यात्रा गर्ने माधवनारायण व्रत विधि छ । फागुन १२ गते चाँगुनारायणबाट साँखुमा बास बस्न बस्ने, फागुन १४ गते देव निमन्त्रणा गरी फागुन १५ गते अश्वमेध यज्ञ अर्थात् व्रत साङ्गे गरिन्छ ।प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत माघ १५ देखि सुरु भएको थियो। श्रोतः रातोपाटी
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस