काठमाडौं।झापाको एक विद्यालयमा अध्ययनरत बालकको ज्यान गएपछि विद्यालय विवादमा तानिएको छ । शिक्षकको कुटाइबाट ती बालकको ज्यान गएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ ।
कनकाई नगरपालिका-६ स्थित चम्पापुर माध्यमिक विद्यालयमा अध्ययनरत १० वर्षीय कृष्णप्रसाद राजवंशीको बिहीबार उपचारका क्रममा ज्यान गएको हो । उनी कक्षा ४ मा अध्ययनरत थिए ।राजवंशीको ज्यान गएपछि विद्यालयको कार्यालय सहायक ९खरिदार० पदमा कार्यरत रविन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मगरले कक्षा ४ मा पठनपाठन गराउने क्रममा सोधेको कुरा नजानेको भन्दै गत माघ १८ गते राजवंशीलाई कुटपिट गरेका थिए ।
शिक्षकको कुटाइबाट विद्यार्थीको कान सुन्निएपछि उपचारका लागि तत्काल स्थानीय कामेश मेडिकल लगिएको थियो । मेडिकलमा सामान्य उपचारपछि उनलाई घर पठाइएको थियो । घर पुगेपछि पनि बालकले आफूलाई शिक्षकले कुटेको कुरा अभिभावकसँग बताएनन् ।तर, घरमा कान झनै सुन्निन थालेपछि आफन्तले बारुलाले टोकेको होला भनेर बालकका साथीसँग सोधपुछ गरेका थिए । त्यसपछि राजवंशीका साथीले उनलाई शिक्षकले कान मोलेर यस्तो भएको बताएका थिए ।बालकको स्वास्थ्य अवस्था झनै बिग्रिँदै गएपछि थप उपचारका लागि तत्काल बिर्ता सिटी हस्पिटल लगिएको थियो । तर, त्यहाँ पनि उपचार सम्भव नभएपछि बी एन्ड सी पुर्याइएको जानकारी विद्यालयका एक शिक्षकले जानकारी दिए ।
त्यहाँ पनि उपचार सम्भव नभएको भन्दै बिहीबार विराटनगरस्थित नोबेल मेडिकल कलेज पठाइएको थियो । तर, अस्पताल पुर्याएर उपचार सुरु गरे लगत्तै विद्यार्थीको ज्यान गयो। श्रोतःन्युज नेपाल
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस