चिसो सर्दी र चिसोको समस्या भइरहन्छ भने यसप्रति अज्ञानता नदेखाउनुहोस् । चिसोले पोस्ट इन्फेक्टिभ ग्लोमेरोनेफ्राइटिस नामक रोग लाग्छ । यसले किड्नीमा व्याक्टेरिया उत्पन्न गर्छ । खानामा धेरै नून खाँदा वा अन्य नूनिलो खानेकुराले पनि किड्नी खराब बनाउँछ । नूनले सोडियम ब्लड प्रेसर गराउँछ, जसको असर किड्नीमा पर्छ पिसाब रोक्दा पिसाव थैली भरिन्छ । पिसाब भरिएर किड्नीसम्म पुग्छ । पिसाबमा हुने व्याक्टेरियाले किड्नीलाई हानी गर्छ ।पानी कम वा ज्यादा पिउनु शरीरलाई दैनिक ८ देखि १० गिलास पानी पिउनु जरुरी छ । थोरै पानी पिउदा पनि शरीरमा जम्मा भएको विकारले किड्नीको नियमित कार्यलाई असर गर्छ । ज्यादा पानी पिउदा पनि किड्नीलाई असर गर्छ ।चुरोट वा तमाखु खाने सिगरेट पिउँदा वा तमाखु खादा शरीरमा विष जम्मा हुन्छ जसले किड्नी ड्यामेज गर्ने सम्भावना हुन्छ । धुमपानले प्रेसर बढाउँछ र अन्त्यमा किड्नीलाई असर गर्छ । जापानमा गरिएको एक अनुसन्धान अनुसार धेरै कोल्ड ड्रिंस वा चिसो पिउनेलाई पनि किड्नी ड्यामेजको सम्भावना हुन्छ । कोल्ड ड्रिंसमा हुने अर्थोफोस्फोरस एसिडले किड्नीलाई गम्भीर हानी गर्छ । सामान्य मानिसको तुलनामा धेरै खाने मानिसलाई पनि किड्नीको समस्या हुन्छ । बढी खाँदा तौल बढ्छ । तौल बढी भएपनि किड्नीसँग सम्बन्धित विभिन्न समस्या हुन्छ । ज्यादा ननभेज खानेकुरा मासुमा प्रर्याप्त मात्रामा प्रोटिन हुन्छ । धेरै प्रोटिनले किड्नीमा मेटाबोलिक लोड बढाउँछ र किड्नी स्टोनका समस्या ल्याउछ । दिनमा देखि घन्टा नसुत्ने मानिसमा उच्च रक्तचाप र मुटुको समस्या हुने गर्छ । रक्तचाप र मुटु रोगले किड्नीको समस्या निम्त्याउँछ ।
अस्ट्रेलियाका एक व्यक्तिको कुर्कुच्चामा पछाडिपट्टी एउटा रातो दाग देखियो । यो ठिक भइरहेको थिएन । तीन हप्तापछि त्यहाँ प्वाल पर्यो । यो प्वाललाई आफ्नो खुट्टामा लिएर हिँडिरहेका व्यक्ति तत्काल मेलबर्नमा रहेको अस्टिन अस्पताल गए । यो घटना गएको अप्रिलको हो जतिबेला अस्ट्रेलियामा कोरोनाभाइरस तीब्र रुपमा फैलिएको थियोअस्पतालमा डाक्टरहरुले एडम नोएल्स नामका ती व्यक्तिलाई उनको समस्या केही दिनमा ठिक हुने बताए । तर, केही दिनमै खुट्टाको प्वालबाट हड्डीहरु देखिन थालेका थिए र प्वाल टेबल टेनिसको बलजति ठूलो भइसकेको थियो ।त्यसपछि एडम नोएल्स अस्ट्रेलियाको अत्याधिक सुविधासम्पन्न अस्पताल सेन्ट विन्सेन्टमा गए । एक हप्ताको जाँचपछि थाहा भयो उनलाई मासु खाने रोग बुरुली अल्सर भएको छ ।बीबीसीको रिपोर्टअनुसार ब्याक्टेरियाबाट हुने बुरुली अल्सरले मानव शरीरमा घाउ उत्पन्न गराउँछ । यदि समयमै उपचार हुन सकेन भने शरीरको संक्रमित अंग काटेर हटाउनु पर्न सक्छ ।डाक्टरहरुले त्यसपछि एडमको दिनचर्याबारे सोधे किनकि यो रोग कहाँबाट आयो भन्ने पत्ता लगाउनु जरुरी थियो । एडमले आफूले बगैंचामा दिनभर काम गर्ने बताए । उनले बगैंचाको लागि छाप्रो बनाउन धेरै माटो खने, रुख काटे तर उनलाई रत्तिभर अनुमान थिएन कि यिनै रुखमा बस्ने पोसम्स नामको नीवको शरीरमा पाइने ब्याक्टेरियाले उनको यो हाल गर्नेछ ।पोसम्स लोखर्केकै एक प्रजाति हो । यो अस्ट्रेलिया, अमेरिका र अफ्रिकाका केही स्थानमा पाइन्छ । पोसम्म सामान्यतया रातमा घुम्छन् र खाना खान्छन् । बुरुली अल्सरको कारक ब्याक्टेरियालाई माइक्रोब्याक्टेरियल अल्सरान भनिन्छ ।यो ब्याक्टेरिया पोसम्सको मलमा प्रचुर मात्रामा पाइन्छ । पोसम्सको प्राकृतिक वासस्थान अहिले घटिरहेको छ किनकि मानिसहरुले रुखको फँडानी गरिरहेका छन् । यही कारण पोसम्स मानिसको इलाकामा आएर बस्न थालेका छन् । मानिससँग उनीहरुको सम्पर्क बढ्न थालेको छ र उनीहरुलाई हुने मासु खाने रोग अब मानिसलाई हुन थालेको छ ।अस्ट्रेलियामा मासु खाने रोग बुरुली अल्सरका केस पछिल्लो केही समययता बढिरहेका छन् । २०१४ मा यहाँ यसका ६५ केस भेटिएका थिए । २०१९ मा भने बढेर २९९ नयाँ केस भेटिए । २०२० मा २१८ नयाँ केस भेटिए ।संक्रामक रोगका डाक्६र ड्यानियल ओब्रायनका अनुसार उनी हरेक हप्ता बुरुली अल्सरका ५ देखि १० बिरामी हेर्छन् । ओब्रायनका अनुसार बुरुली अल्सरले निकै छिटो मानव शरीरको मासु खान्छ ।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस