गएको माघ २१ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीय किशोरी भागरथी भट्टको ब लात्कार र ह त्यामा संलग्न अभियुक्तले प्रहरीसमक्ष आफ्नो अप राध स्वीकार गरेको छ । भागरथीको ह त्यामा संलग्न अभियुक्त १६ वर्षीय दिनेश भट्टले आफ्नो अप राध र टाइमलाइनबारे प्रहरीलाई साबिती बयान दिएको छ । स्थानीय सनातम धर्म माविमै कक्षा ११ मा अध्ययनरत दिनेश भट्टले आफ्नो अप राध स्वीकार गरेका छन् । माघ २१ गते बिहान ९ बजे भागरथी भट्ट बिहान ९ बजे घरबाट स्थानीय सनातम धर्म माध्यामिक विद्यालयमा पढ्न हिँडिन् । उनी करिब १० बजे विद्यालय पुगिन् र प्राथना गरेर कक्षाकोठाभित्र छिरिन् । व्यवस्थापन शंकायमा ऐच्छिक लेखा विषय लिएर पढेकी भागरथीको अपरान्ह पौने २ बजे कक्षा सकियो । त्यसपछि उनी घरतर्फ लागिन् । भागरथीसँगै उनको घर नजिकैको भाइ भानदेव भट्टपनि सँगै निस्किए, जो भागरथीसँगै पढ्थे । उनीसँगै कक्षा १२ मै पढ्ने केही विद्यार्थी र कक्षा ११ मा पढ्ने केही विद्यार्थी पनि क्लास बंक गरेर निस्किए ।
विद्यालयबाट खोचलेक बजारसम्मको दुरी करिब ५ मिनेटको पैदल यात्रामा पर्छ । त्यहाँ भानदेव, उनका एक साथी र कक्षा ११ मा पढ्ने दिनेश भट्ट लगायतका केही कपाल काट्न भन्दै रोकिए । भानदेवले भागरथीलाई ‘दिदी तपाईंहरु जानुस्, हामी कपाल काटेर आउछौँ’ भने । त्यसपछि भानदेव लगायतका विद्यार्थीहरु बजारमा रोकिए भने भागरथी र उनका केही केटी साथीहरु बजारबाट छुट्टिए । बजारबाट भागरथीको घरतर्फ जाने क्रममा २ जना किशोरीहरु आफ्नो चप्पल सिलाउनका लागि गए । भागरथीकै घरतर्फ पर्ने बाटोमा जाने २ जना किशोरी बाँकी रहे, भागरथी र ममता भट्ट । तर ममता भट्टको घर काँकडा भन्ने स्थानमा भएकाले उनी भागरथीसँग केही मिनेटको यात्रापछि नै छुट्टिइन् । बजारबाट करिब १० मिनेटको यात्रापछि पुगिने मन्दिरबाट भागरथीलाई हात हल्लाएर ‘बाई’ भन्दै ममता छुट्टिइन् भने भागरथी आफ्नो घरतर्फ अगाडि बढिन् ।
यता बजारमा कपाल काट्न लागेका किशोरहरुको समूहमा रहेकामध्ये एक किशोर त्यहाँबाट निस्कन्छ । ‘सँगै जाउँ’ भन्दा उनले छिटै घर जानुपर्ने छ भन्दै उनी निस्किन्छन् भागरथीको पछिपछि लाग्छन् । ती किशोर थिए, भागरथीकै घर नजिकैको १६ वर्षीय दिनेश भट्ट, जो भागरथी पढ्ने विद्यालयमै कक्षा ११ मा पढ्छन् । यता, भागरथी र ममता छुट्टिएपछि, दिनेश भट्ट भागरथीभन्दा छिटोछिटो हिँडेर अगाडि जान्छ र लबलेक जङ्गलको खोँचमा गएर बाटो ढुक्न थाल्छ । भागरथी खोचलेक बजारबाट करिब १ बजेर ५० मिनेटमा निस्किएको अनुमान प्रहरीको छ । र, खोचलेक बजारबाट घट नास्थल अर्थात् लबलेक जङ्गलको घट नास्थल पुुग्न ढिलोमा ४० मिनेट लाग्छ ।
त्यो भनेको भागरथी घट नास्थल पुग्दा करिब २ बजेर ३० मिनेटको आसपास भएको छ । र, जब भागरथी लबलेक जङ्गलको अलिक खोल्सी परेको स्थानमा पुग्छिन्, दिनेशले भागरथीमाथि जबरजस्ती सुरु गर्छ । भागरथी सडकबाट भागेर ओरालो जमिनतर्फ अगाडि बढ्छिन् । तर दिनेशले जबरजस्ती गर्न छाड्दैन र भागरथीको कपाल समात्छ । त्यो मुख्य सडकभन्दा करिब २० मिटर तल ओरोलो बाटोमा भएको हुन्छ । दिनेशको हातमा भागरथीको कपाल र रबर बेण्ड आउँछ । भागरथीले अझै प्रतिकार गरेर भाग्ने प्रयत्न गर्छिन् । तर आ क्रामक स्वभावका दिनेशले भागरथीमाथि आक्र मण गर्न छाड्दैन । सडकबाट ५० मिटर तल दिनेशले भागरथीलाई लडा उँछ । त्यसपछि फेरि भागरथी भाग्न कोशिश गर्छिन् । त्यहाँ भागरथीको चप्पल खुस्किन्छ । तर अग्लो र बलियो दिनेशको अगाडि भागरथीको केही लाग्दैन । त्यसपछि दिनेशले त्यो भन्दा केही तल बनमाराको छेल पारेर समथर भूभागमा भागरथीको मुख थुनेर जबरजस्ती गर्छ र पोल खुल्ने डरले घाँटी थिचेर ह त्या गर्छ ।
यो समय करिब २ बजेर ४५ मिनेट हुँदाको हो । ह त्यापछि उसले भागरथीको मोबाइलको ‘कल लग’ डिलिट गर्छ र ब्याट्री निकालेर मोबाइल केही तल फालिदिन्छ । दिनेशले कुन उद्देश्यका साथ भागरथीको मोबाइलको ब्याट्री झिक्यो भन्ने खुलेको छैन । दिनेश घट नास्थलबाट करिब ७० मिटर हल्का उकालो पर्ने माथितिर लाग्दैन । त्यहाँबाट बिस्तारै बनमारा झाडीको बाटो हुँदै करिब ८ सय मिटर उत्तरपूर्व अर्थात् खोचलेक बजारतर्फ नै फर्किन्छ । यो समय करिब ३ बजेको हो । त्यसपछि दिनेश केही समय त्यही वरिपरी अलमलिएको जस्तो देखिन्छ । अनि ऊ बिस्तारै घट नास्थलको बाटो हुँदै आफ्नो घरतर्फ अगाडि बढ्छ ।
घट नास्थलको केही माथि एक खेलमैदान बन्दै छ । त्यहाँ केही मानिसहरु काम गरिरहेका थिए । खेल मैदानको ठीक तल एक स्थानीयले दिनेशलाई भेट्छन्, जुन समय ३ बजेर २५ मिनेट जाँदाको समय हो । त्यसपछि ऊ अगाडि बढ्छ र घरमा पुग्छ र नियमित काम गर्छ । घ टनाको भोलिपल्ट अर्थात् माघ २२ गते अपरान्ह भागरथीकै साथीहरुले भागरथीको मृ त शरीर देख्छन् । उनीहरु गाउँमा गएर घट नाबारे भन्छन् र सबै गाउँले घट नास्थल फर्कन्छन् । भोलिपल्ट विद्यालयका सबै विद्यार्थी र गाउँलेहरु घट नास्थल पुुछन् र अप राधीलाई फाँ सीसम्मको माग गर्छन् । दिनेश पनि त्यही समूहमा नारा लगाइरहेको हुन्छ । तर माघ २२ गतेको आ न्दोलनमा पनि दिनेश लामो समय घट नास्थलमा बस्दैन । विद्यालयबाट नारा लगाउँदै घट नास्थल पुगेको दिनेश करिब १० देखि १५ मिनेटमात्रै घट नास्थलमा बस्छ । अन्य सहपाठीहरु भागरथीलाई न्याय मागिरहँदा ऊ भने घर जान्छ ।
अप राधस्थलमा अप राधीले कुनै सुराक छाडेको थिएन । तर पनि थप केही सुराक पाइन्छ कि भनेर प्रहरीले तालिमप्राप्त कुकुर ल्याउने बतायो । तालिमप्राप्त कुकुर ल्याउने भएपछि सुराक पनि खोज्ने र सुँघेरै अप राधी पत्ता लगाउने हल्ला बजारभरि छरियो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट डिआइजी उत्तमराज सुवेदी आफै कुकुर लिएर घट नास्थल आउने चर्चा चल्यो र कुकुर अत्यन्तै चलाख भएको सुुँघेरै अप राधी पत्ता लाग्ने हल्ला बजारभरि फैलिन्छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट डिआइजी आफै कुकुर लिएर घट नास्थल आइरहेको जानकारी खोचलेक, भागरथीको गाउँ चढेपानी लगायतमा फैलिन्छ ।
नभन्दै माघ २३ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर र अनुसन्धान टोली घट नास्थल आइपुग्छ । कुकुरलाई घट नास्थलमा लगियो । तर विद्यालयका सबै विद्यार्थी, शिक्षक र गाउँलेहरु घट नास्थलमा बसेर यो सब दृश्य हेरिरहँदा आ रोपित दिनेश भट्ट भने गोरु चराउन भन्दै गोठालो लाग्छन् । सबै सहपाठीहरु आन्दोलनमा होमिँदा दिनेश किन आएनन् भनेर कसैले हेक्का राख्दैन । तर सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएका अनुसन्धान अधिकृतले दिनेशको अनुपस्थितिलाई गहन ढङ्बाट अनुसन्धान गर्न थाल्छन्। कुकुरले सुँघेर पत्ता लगाउने भनेपछि कतै आँफैलाई सुँघ्न आइहाल्ने हो कि भन्ने त्रा सले दिनेश घट नास्थल नआएर गोठालो गएको अनुसन्धान अधिकृतको दाबी छ । अनुसन्धान अधिकारीसमक्ष पनि दिनेशले कुकुर आएको थाहा पाएपछि आफूलाई संकेत गर्न सक्ने भन्दै घट नास्थल नआएको बयान दिएका छन् ।
घट नापछि पहिलो चरणमा प्रहरीले सो क्षेत्रमा घर पर्ने, सोही विद्यालयमा पढ्ने, सोही बाटो भएर हिँड्ने धेरैलाई सोधपुछ गरेको थियो । तर दिनेशको टाइमललाइनमा गडबढ पाइएपछि अनुसन्धान अधिकृतले दिनेशलाई सुुक्ष्म निग रानीमा राखेको थियो र प्रत्येक दिन कहिले प्रहरी चौकीमा ल्याएर त कहिले घरमै पुुगेर सोधपुछ गरेको थियो । यतिसम्म कि प्रहरीले दिनेशलाई उसकै कुल देवताको मन्दिरमा लगेर अप राधमा संलग्न हो वा होइन भनेर कसम खान लगाएको थियो । त्यतिबेला पनि दिनेशले घट नामा आफ्नो संलग्नता छैन भन्दै आएको थियो । तर प्रहरीलाई दिनेशमाथिको शंका बलियो हुनुको कारण उनको गडबढ टाइमलाइन र बलियो शरीर नै थियो । त्योबाहेक केही आक्रा मक स्वभाव र छिटो रिसाउने बानीका कारण घट नामा संलग्नताको आशंका झन्–झन् बढ्दै थियो ।
तर घट नामा संलग्नताको आशंकामा अर्का व्यक्ति पक्रा उ गरिसकेको र केही घट नाक्रमले अप राधमा ती शंकितको संलग्नताको छनक पनि पाएकाले प्रहरी केही सफ्ट बनेको थियो । तर महेन्द्रनगरबाट पक्रा उ परेका शंकितले घट नामा आफ्नो संलग्नता नरहेको र डिएनए लगायतका परीक्षण गराउन सजिलै राजी हुँदै पुुष्टी गर्न चुनौति दिएपछि अनुसन्धान दिनेशमाथि नै केन्द्रीत हुन थाल्यो । यद्यपि ती व्यक्तिलाई कञ्चनपुरबाट बैतडी पुराइसकिएको थियो र अदालतबाट म्याद थप गरी अनुस न्धान गरिँदै थियो । प्रहरीले शंकितमध्येका एक दिनेशमाथि प्रत्येक दिन निगरानी राख्दै प्रत्येक दिन सोधपुछ गरिरहेको थियो । सुरुमा कन्फिडेन्स देखाएका दिनेश पछि बिस्तारै गल्दै गएका थिए । त्यसबाहेक दिनेशले बोलेका केही झुटले प्रहरीलाई दिनेशमाथि शंका गर्न थप मद्दत पनि पुरायो । उसले भागरथीभन्दा पहिले नै आफू गएको, भागरथी जाँदा को–को गएका थिए भन्ने सम्बन्धमा पनि झुट बोलेको, उसले बजारबाट निस्के भनेको समय र बाटोलाई उसलाई देख्ने मान्छेले भेटेको समय आदि नमिलेपछि प्रहरीले बीचको समयको खोजी गरिरहेको थियो ।
दिनेशको बजारबाट घर जाने बाटोको समयमा करिब २५ मिनटेको मिसम्याच भएपछि प्रहरीले माघ ४ गते मंगलबार पुनः दिनेशलाई प्रहरी कार्यालयमा बोलायो । दिनभर कार्यालयमा राखेर साँझ ७ बजेबाट अनुसन्धान टोलीले दिनेशमाथि थप केरकार गर्न थाल्यो । २ घण्टाको लगातार केरकारपछि बल्ल दिनेशले घट नामा आफ्नो संलग्नता स्वीकार गर्यो । आफू बाटो ढुकेर बसेको र भागरथी त्यहाँ पुुगेपछि जबरजस्ती गरेको उसले स्वीकार गरेको छ । अनुसन्धान अधिकारीसमक्ष बयान दिँदा दिनेशले कुकुर आएको थाहा पाएपछि ड र लागेकाले त्यहाँ नआएर गोठालो गएको बयान दिएको छ । स्रोत रातोपाटी
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस