अन्धविश्वासमा परेर विराटनगरका एक परिवारले रु ५० हजार गुमाएका छन् भने घरधनीकी छोरी पनि बे पत्ता भएकी छन् ।यही माघ १० गते तिम्रो घरमा सुन गाडिएको छ, म धामी हुँ भन्दै विराटनगर महानगरपालिका–१९ का दिनेश मण्डलले वडा नं ४ का ध्रुवनरायाण माझीको आमासँग रु ५० हजारसहित उहाँकी २४ वर्षीय छोरी गजेश्वरी माझीलाई पनि बेपत्ता बनाएको पीडितकी छोरा ध्रुवनारायण माझीले आज यहाँ पत्रकार सम्मेलन गरेर आरोप लगाउनुभयो ।घरको पैसा र बहिनीसमेत बे पत्ता भएपछि प्रहरीमा उजूरी दिएको र सो उजूरीको अहिलेसम्म सुनवाइ नभएको उहाँको आरोप छ । समाजमा धामीझाँक्रीको नाममा ठगी गर्ने यस्ता अपराधीलाई हदैसम्मको कारवाही हुनुपर्ने उहाँको भनाइ छ ।आफू घरमा नभएको बेलामा मेरी आमालाई ललाइफकाई गरेको यस्तो कर्तुतबाट सम्पत्तिसहित बहिनी पनि हराएको पत्तो आफूले दुई दिनपछि मात्र थाहा पाएको बताउँदै उहाँले थाहा पाउने वित्तिकै प्रहरीमा उजूरी दिएको जानकारी दिनुभयो ।आमालाई अनेक कुरा गरेर मोहित पार्न सफल धामी मण्डलले कलाजादु जस्तै एउटा औँठी घरबाट निकालेको र यही लोभमा परेर आमाले रु ५० हजार धामीलाई दिएको उहाँले बताउनुभयो । धामीले भने अनुसारको सुन निकाल्न भनेपछि धामी भागेको बताइएको छ ।धामीले बाहिर पूजा गर्नुपर्छ र कुमारी कन्या पनि चाहिन्छ भनेर गजेश्वरीलाई लिएर भागेको धामी अहिलेसम्म पत्तो नलागेको र प्रहरीले पनि जाहेरी कर्ताको उजूरीमा ध्यान नदिएको माझीको आरोप छ ।
। मोरङ बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गकी कुमारी दर्जीले छोरा पाउनैपर्ने दवावका कारण ८ जना छोरी जन्माईन् । १३ वर्षको कलिलो उमेरमै बिबाह बन्धनमा बाधिएकी उनले ३८ वर्षको उमेरमा आठ सन्तानकी आमा बनिसकेकी छिन् ।कुमारीका श्रीमान मुकुन्द दर्जी ४८ वर्षका भए । मुकन्द गाँउमै दैनिक ज्यालादारीमा काम गर्छन् । दिनभरी काम गरेर मुकुन्दले ५ सय ज्याला पाँउछन् । परिवारमा मुकुन्दको कमाई बाहेक अन्य आम्दानीको श्रोत केहि छैन ।छोरा जन्माउने आशमा लगातार छोरी जन्मिए ।वर्षेनी जस्तै भएका सन्तानलाई लालन पोषण र शिक्षा दिक्षाको लागी समस्या रहेको कुमारी बताउछिन् । काली माध्यमिक विद्यालयको १० धुर जग्गामा सानो घर बनाएर बसेका दर्जी परिवारले उक्त विद्यालयलाई वार्षिक भाडा वापत ६ सय तिर्ने गरेको मुकुन्दले बताए ।कुमारीकी जेठि छोरी २२ वर्ष पुगिन् उनको विवाह भईसकेको छ । उनि दुई सन्तानकी आमा समेत भएकी छिन् । माईली छोरी २० वर्षकी छन् उनले आर्थीक अभावकै कारण ८ कक्षा पढेर छाडिन् ।साईली छोरी १७ वर्षकी भईन् उनी ७ कक्षामा पढ्दै छिन् । काईली १६ वर्षकी भईन् उनी ६ कक्षामा पढ्दै छिन् । अन्तरी १३ वर्षकी भईन् उनी २ कक्षामा पढ्दै छिन् । जन्तरी ९ वर्षकी भईन् उनी १ कक्षामा पढ्दै छिन् ।ठुलिकान्छी ५ वर्षकी भईन् उनी शिसु कक्षामा पढ्न थालेकी छन् र कान्छी छोरी भर्खर १ वर्ष पुरा भईन् । “कान्छी छोरीलाई फोक्सोमा ईन्फेक्सन भएको र अस्पतालको आईसियुमा राख्दा गतसाल लिएको ऋण अझै तिर्न नसकेको” कुमारीले दुखेसो पोखिन् । उनले भनीन् “आफ्नो स्वास्थ्य दिन प्रतिदिन कमजोर कमजोर बन्दै गएको छ, तर श्रीमानलाई जसरी पनि छोरा चाहिएको छ” ।१५ वर्षकै कलिलो उमेरमा पहिलो सन्तानकी आमा बनेकी कुमारी आवस्यक पोषण तत्वको कमिले निकै कमजोर देखिन्छीन् । उनका श्रीमान मुकुन्द भने अझै छोरा नै चाहिएको बताउछन् । मुकुन्दले भने “छोरी अर्काको घरमा जानुपर्ने हाम्रो संस्कार रहेकाले बुढेसकालको साहरा र आफु मरेपछि आफ्नो श्राद्व गर्नको लागी पनि छोरा नै चाहिएको” उनले बताए ।
गोर्खाली खबर
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस