आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले ।
निर्णय गरेलगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने सभापति लामिछानेले बताएका छन् ।रास्वपाको बैठक आज दिउँसो साढे ११ बजे बोलाइएको छ । चितवन-२ बाट निर्वाचित लामिछानेले ।
नागरिकता विवादमा दोषी ठहर भएपछि उक्त पद गुमाएका छन् ।
पुन: नागरिकता लिएपछि उनले गैरसांसद गृहमन्त्री बन्ने कसरतमा लागेका छन् ।
लामिछानेले गृहमन्त्री नै चाहे पनि प्रधानमन्त्री प्रचण्ड भने सकारात्मक भएका छैनन् ।
गृहमन्त्री नपाउँदाको अवस्थामा सरकारलाई दिएको समर्थन फिर्ता ।
लिनेसम्मको चेतावनी रास्वपाले दिएको छ । सोही विषयको टुंगो आजको बैठकले लगाउनेछ ।
तर, बैठकको निर्णयबाहेक सभापति लामिछानेले त्यसलगत्तै छुट्टै पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
मैले सिधा कुरा नगरेको धेरै भएछ भन्दै उनले फेसबुकमा लेखेका छन् ,’पार्टीको बैठकले ।
आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार ।
सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्।
रविको ओज ३२ दिनमै ओरालो – लामिछानेले करिब एक महिना गृह ।
मन्त्रालय हाँक्दा गरेका कतिपय निर्णय उल्टिए, कतिपय कार्यान्वयन हुन सकेनन्
काठमाडौँ — तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पुनः नागरिकता ।
लिन कानुनबमोजिम प्रक्रिया नपुर्याएको भन्दै सर्वोच्च अदालतले माघ १३मा सांसद पदबाट मुक्त गर्यो ।
त्यसपछि उनको उपप्रधान तथा गृहमन्त्री पद पनि गयो । त्यसअघिका कामले नै उनको ओज घटाइसकेको थियो ।
गृहमन्त्री भएको दोस्रो दिन गत पुस १२ मा लामिछानेले विशिष्ट व्यक्तिहरूको सुरक्षा ।
व्यवस्थापन कार्यविधिविपरीत राखिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएका थिए ।
निर्देशनअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका २ सय २१ सुरक्षाकर्मी फिर्ता भए ।
तर लामिछानेको निर्देशन एक साता पनि टिकेन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ।
पुस १९ मा गृह मन्त्रालयलाई पत्र लेख्दै प्रधानमन्त्री कार्यालयका साथै प्रधानमन्त्री ।
सचिवालय व्यवस्थापन शाखा (बालुवाटार) मा कार्यरत ३५ सुरक्षाकर्मी (सवारी चालक) लाई ।
अर्को व्यवस्था नभएसम्मका लागि फिर्ता गर्न निर्देशन दियो । त्यही दिन ती सुरक्षाकर्मी बालुवाटार फिर्ता भए ।
गृहमन्त्रीले कार्यविधि कार्यान्वयन गर्न खोज्नु नराम्रो होइन, तर सुरक्षाजस्तो संवेदनशील विषयमा ।
निर्णय गर्दा विकल्पसहित सोचविचार गरेर गरेको भए राम्रो हुन्थ्यो,’ प्रधानमन्त्रीको सचिवालयका ।
एक अधिकृतले भने, ‘गृहको निर्देशनपछि त सचिवालयका गाडी चलाउने मान्छे पनि भएनन् ।
दैनिक कामकाज नै ठप्प हुने अवस्था आएपछि बाध्य भएर फर्किएका सुरक्षाकर्मीलाई बोलाउनुपर्यो ।
तत्कालीन गृहमन्त्री लामिछानेको ‘हार्ड एन्ड फास्ट’ निर्णयलाई चुनौती दिने प्रधानमन्त्री कार्यालय एक्लो होइन ।
सुरक्षा चुनौती रहेको भन्दै केही नेताले पनि सुरक्षाकर्मी फिर्ता लगिसकेका छन् ।
गृह मन्त्रालयका एक अधिकारीका अनुसार प्रकाशचन्द्र लोहनी, किरण ।
साहलगायतले गृह मन्त्रालयमा निवेदन दिएरै फिर्ता भएका सुरक्षाकर्मीलाई बोलाएका छन् ।
नेताहरूले सुरक्षाकर्मी फिर्ता लैजान प्रधानमन्त्रीका साथै शीर्ष दलका नेताहरूको सहारा लिएका थिए ।
हामीले घरको काम गराउन नभई व्यक्तिगत सुरक्षामाथि थ्रेट देखेर सुरक्षाकर्मी मागेका थियौं, तर ।
गृहले एक्कासि फिर्ता लगेपछि पुनः कारण देखाएर माग गरेका हौं,’ एक नेताले भने ।
लामिछानेले पुस ११ मा नियुक्त भई ३२ दिन गृह मन्त्रालय हाँक्ने क्रममा गरेका कतिपय निर्णय उल्टिएका छन् ।
लामिछानेले पुस २० मा मुलुकभरका अवैध क्रसर उद्योग बन्द गराउने निर्णय गरे ।
लगत्तै प्रमुख जिल्ला अधिकारीले अवैध रूपमा सञ्चालित क्रसर उद्योग बन्द गराए ।
तर उनी गृहमन्त्री रहेकै बेला मन्त्रिपरिषद् बैठकले माघ ११ मा ती क्रसर उद्योगलाई जस्ताको तस्तै चल्न दिने निर्णय गर्यो ।
मन्त्रिपरिषद्ले विकास निर्माणमा ढुंगा, गिट्टी र बालुवाको खाँचो देखिएको भन्दै उद्योग सञ्चालनका ।
लागि अनुमति दिने निर्णय गरेको थियो । आफ्नो निर्णय तीन सातामै उल्टिँदा लामिछाने मौन बस्न बाध्य भए ।
क्रसर उद्योग बन्द गर्ने निर्णय सस्तो लोकप्रियताका लागि भन्दा पनि विस्तृत अध्ययन गरेर आवश्यकताका ।
आधारमा हुनुपर्थ्यो, त्यसो हुन नसक्दा मन्त्रिपरिषद्ले गृहको निर्णय उल्ट्याइदियो,’ गृह मन्त्रालयका ।
एक उपसचिवले भने, ‘गृहमन्त्रीले आफूले गरेको निर्णयमा अडान लिन सक्नुभएन, मन्त्री नै ।
निरीह भएपछि हाम्रो काम गर्ने मनोबल रहन्छ ?’नेपालमा उद्योगका रूपमा दर्ता भएका ।
क्रसर उद्योगको संख्या करिब ६ हजार रहेको अनुमान छ । गृह मन्त्रालयका अनुसार कानुनविपरीत ।
ढुंगा, गिट्टी, बालुवा उत्खनन र प्रशोधन गर्ने उद्योगको संख्या करिब १ हजार २ सय १ रहेको छ ।
मन्त्रालयको निर्णयपछि ६ सयभन्दा बढी क्रसर उद्योग बन्द भएका थिए ।
एमाले सांसद लक्ष्मी महतो कोइरी पक्राउ नपरेको विषयमा गृह मन्त्रालयले प्रहरी प्रधान ।
कार्यालयलाई पठाएको पत्रको कारण पनि तत्कालीन गृहमन्त्री लामिछाने निकै आलोचित बने ।
माघ ६ मा गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘कोइरीलाई कानुनबमोजिम पक्राउ गरी कारबाही ।
गर्न माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीज्यूबाट पटक–पटक प्रहरीलाई मौखिक निर्देशन ।
भएकामा हालसम्म पक्राउ नपरेकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको’ उल्लेख छ ।
विज्ञप्तिको संसद्मै आलोचना भएको थियो । कांग्रेस सांसद रामहरि खतिवडाले कर्तव्य ज्यान मुद्दाका फरार ।
प्रतिवादी पक्राउ गर्नुको सट्टा गृहमन्त्री लामिछानेले सस्तो लोकप्रियताका लागि विज्ञप्तिबाजी ।
गरेको टिप्पणी गरेका थिए । ‘मान्छे पक्रिन नसक्ने अनि सूचना जारी गर्ने, यो कस्तो अभ्यास हो ?’ खतिवडाको ।
प्रश्न थियो, ‘गृहमन्त्रीले अपराधीलाई पक्राउ गर्न लगाउने हो, अपराध अनुसन्धान आचारसंहिताको विरुद्ध विज्ञप्तिबाजी गर्न मिल्दैन ।
गृहको विज्ञप्तिका कारण प्रहरी प्रधान कार्यालय पनि लामिछानेप्रति असन्तुष्ट बनेको थियो ।
प्रधान कार्यालयका एक वरिष्ठ प्रहरी अधिकृतले गृह मन्त्रालयले ‘पटक–पटक ।
मौखिक निर्देशन दिँदासमेत पक्राउ नपरेको’ भनेर आफ्नै क्षमतामाथि प्रश्न उठाएको बताए ।
प्रहरी संगठनको नेतृत्व गर्ने गृह मन्त्रालयले प्रहरीले निर्देशन मानेन भनेर विज्ञप्ति निकाल्नुअघि ।
त्यसबाट जनतामा जाने सन्देशबारे एकपटक सोच्नुपर्थ्यो,’ ती अधिकृतले भने, ‘विज्ञप्तिका कारण ।
गृहमन्त्री र प्रहरीको सम्बन्ध राम्रो नभएको सन्देशमात्र गएन, त्यसले देशको शान्ति सुरक्षामा नकारात्मक असर पर्ने जोखिम पनि बढायो ।
मधेस आन्दोलनका क्रममा २०७२ भदौ २५ मा घाइते भएका सशस्त्र प्रहरीका असई थमन विकलाई उपचारका ।
लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । उक्त घटनामा जिल्ला ।
अदालत महोत्तरीले कोइरीलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।
तर जनकपुर उच्च अदालतले २०७७ मंसिरमा कोइरीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दियो । ।
तत्कालीन गृहमन्त्री लामिछानेमाथि सांसद कोइरीले संसद् भवनमै पुगेर शपथ खाँदासमेत पक्राउ गर्न नसकेको आरोप लागेको थियो ।
लामिछानेले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवालाई व्यवस्थित गर्न कार्यविधि त जारी गरे, तर उक्त ।
निर्णयमा प्रधानमन्त्री पुष्पकमल दाहालकै साथ पाउन सकेनन् ।
कार्यविधिअनुसार माघ ६ मा गृह मन्त्रालयले प्रजिअहरूको सरुवा गर्यो ।
गोरखाका शंकरहरि आचार्यलाई कपिलवस्तु र सिरहाका लालबाबु कवारीलाई गोरखा सरुवा गरियो ।
तर गोरखा जान हिँडेका कवारीलाई मन्त्रालयले बाटोबाटै फिर्ता बोलायो ।
गृहका एक अधिकारीका अनुसार गृहमन्त्रीले प्रधानमन्त्रीको निर्वाचन क्षेत्र रहेको जिल्लामा ।
प्रजिअ पठाउँदा दाहालसँग सामान्य छलफलसमेत नगरेकाले निर्णय बदर भएको थियो ।
प्रधानमन्त्रीले आफ्नो निर्वाचन क्षेत्र रहेको जिल्लामा गृहमन्त्रीबाट प्रस्तावित प्रजिअलाई ।
सहजै स्विकार्न पनि सक्नुहुन्थ्यो होला, तर नसोधेर पठाउन खोज्दा अचम्म लाग्नु अस्वाभाविक ।
होइन,’ ती अधिकारीले भने, ‘त्यसैले प्रधानमन्त्री कार्यालयको मौखिक निर्देशनमा गोरखा जान ।
हिँडेका प्रजिअलाई बाटोबाटै फिर्ता गर्नुपरेको हो ।’ गोरखाको प्रजिअ फिर्ता प्रकरणले तत्कालीन ।
गृहमन्त्रीको अपरिपक्वताका साथै प्रधानमन्त्री–गृहमन्त्रीबीचको सम्बन्धमा टकराव देखिएको गलत सन्देश गएको उनले बताए ।
गृह मन्त्रालयले दिनेशसागर भुसाललाई गोरखाको प्रजिअ बनाएर पठाएको छ ।
कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव रहेका उनलाई गृहमा सरुवा ।
गरेर प्रजिअ बनाइएको हो । भुसाल २०७३ मा दाहाल प्रधानमन्त्री हुँदा सचिवालयमा कार्यरत थिए ।
विधि र सुशासनका पक्षमा चर्को बोल्ने गरेका पूर्वसञ्चारकर्मी लामिछाने गृहमन्त्री बनेपछि ।
परिवर्तनको आशा गरिएको थियो । तर उनी करिब एक महिनामै शासकीय परीक्षामा ‘फ्लप’ पात्रका रूपमा दर्ज भएका छन् ।
गृह मन्त्रालयका कर्मचारीहरू उनको सचिवालयमा गृह प्रशासनबारे अनुभवी व्यक्तिको ।
अभाव हुँदासमेत अपरिपक्वता देखिएको बताउँछन् । ‘पत्रकारिताजस्तो खरो पेसाबाट ।
एकैपटक गृहमन्त्रीजस्तो संवेदनशील पदमा पुग्नुभयो, सचिवालयमा पनि पत्रकारकै ।
बाहुल्य थियो,’ गृहका एक कर्मचारीले भने, ‘उहाँहरूले समग्र देशको शासन ।
व्यवस्था नियन्त्रण गर्ने जिम्मेवारीलाई पत्रकारिता गरेजसरी बुझ्नुभयो ।
निर्मला हत्याकाण्डको अनुसन्धानसम्बन्धी गरेको पहिलो निर्णयलाई पनि लामिछानेले ।
कार्यान्वयन तहमा अघि बढाउन सकेनन् । सर्वोच्च अदालतको आदेशबाट माघ १३ मा उनको सांसदसँगै मन्त्री पद गएको थियो ।
गृहका ती कर्मचारीले मन्त्री पदमा रहँदासम्म पहिलो निर्णय कार्यान्वयनका लागि कुनै प्रक्रिया सुरु नभएको बताए ।
नेपाल सरकारका पूर्वसचिव शारदाप्रसाद त्रिताल तत्कालीन गृहमन्त्री ।
लामिछाने आफ्नो क्षेत्राधिकारको पहिचान र समन्वयमा चुकेका बताउँछन् ।
क्रसर उद्योग बन्द गर्ने विषय अन्य मन्त्रालयसँग पनि सम्बन्धित भएकाले गृह मन्त्रालयले हतारमा एकल निर्णय गर्नु गलत भएको बताउँछन् ।
प्रधानमन्त्री कार्यालयमार्फत अन्य मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्मा प्रस्ताव लगेको भए निर्णय ।
परिपक्व हुन्थ्यो, कार्यान्वयनमा पनि जान्थ्यो,’ उनले भने, ‘त्यसमाथि मन्त्रिपरिषद्ले निर्णय उल्ट्याइदिएर झन् पंगु बनायो ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस