एजेन्सी । क्यानडाको स्लिम्स नदी चार दिनमै आश्चर्यजनक तरिकाले गायव भएपछि वैज्ञानिक समेत छक्क परेका छन् । वास्तवमा यो नदि गायब हुनुको पछाडीको मुख्य कारण हो ग्लोबल वार्मीगं । जसलाई शोधकर्ताले जलवायु परिवर्तनले नाघेको चरम सिमा भनेर परिभाषित गरेका छन् ।उच्च गर्मीका कारण वरफका ढिक्का पग्लिदै गएपछि नदीले पहिलो बाटो परिवर्तन गरेको र पछि सुकेको वाशिंटन विश्वविधालयका प्रोफेसर गेरार्ड रोले डेलिमेलको अन्तरवार्तामा भनेका छन् ।चार दिनमै नदी सुक्ने यो आधुनिक इतिहासको पहिलो घटना भएको भन्दै वैज्ञनिक समेत चकित परेको डेलिमेलले विशेष स्थान दिएर समाचार छापेको छ ।आर्टिक सर्कलभन्दा धेरैमाथि दुर्गम साइबेरियन टापूहरु छन् । जहाँ, अस्थिपञ्जर व्यापारी र वैज्ञानिकहरु लोप भइसकेका प्राणीहरुको खोजीमा लागेका हुन्छन् ।शताब्दीऔँ अघि लोप भएका यस्ता प्राणीका अस्थिपञ्चर त्यहाँ हिउँका कारण सुरक्षित हुन्छन् । ल्याकोभोस्की टापूमा अहिले वैज्ञानिहरुले शताब्दीऔँ अघि लोप भएको ‘केभ बियर’ (भालु) भेटेका छन् । रोचक कुरा, यसको नाक, दाँत र आन्तरिक अंगहरु पनि सुरक्षित अवस्थामा छ ।वैज्ञानिकहरुका अनुसार यसको मृ’ त्यु २२ हजारदेखि ३९ हजार ५ सय वर्ष पहिले भएको हुनुपर्छ ।
यसको प्रजाती ‘युर्सस स्पेलेयस’ अन्तिम हिउँ युगताका बाँचेको थियो र कम्तिमा १५ हजार वर्षअघि लोप भयो ।मृगको संरक्षणमा खटिएकाहरुले सबैभन्दा पहिले भालुको श’व भेटेका थिए । उनीहरुले रसको याकुस्टस्स्थित (एनईएफयु) नर्थ–इस्टर्न फेडरल युनिभर्सिटीका अनुसन्धानकर्ताहरुलाई यसबारे खबर गरे ।‘सफ्ट टिस्युसहित भालुको पूर्ण श’व भेटिएको यो पहिलो र एकमात्रै घ’टना हो,’ एनईएफयुकी अनुसन्धानकर्ता लिना ग्रिगोरियभाले भनिन् ।अहिलेसम्म वैज्ञानिकहरुले ‘केभ बियर’ को अस्थिपञ्जर फेला पारेका थिए, तर सबै अंगसहितको यस्तो शव भेटिएको थिएन । जब, युरोप र एशियाका अधिकांश भूभाग हिउँले ढाकिएका थिए, त्यतिबेला केभ बियरहरु यस इलाकामा घुम्थे । यस समय हिउँमा बस्ने विशाल हात्ती (माम्मोथ), तरबारजस्तो दाँत भएका बिरालो र ठूला स्लथहरु पनि यस भूभागमा बस्थें ।
त्यतिबेला केभ बियर निकै ठूला हुन्थें, भालेको वजन २२ सय पाउन्डसम्म हुनसक्थ्यों । अहिले जीवित रहेका संसारकै सबैभन्दा ठूला भालुभन्दा यो झन्डै ५ सय पाउन्ड बढी हो । यसअघि रुसको याकुटियामा भर्खरै अर्को केभ बियरको शव भेटिएको थियो, यो बच्चा भालु थियो । वैज्ञानिकहरुले यी दुई जनावरको डिएनए तुलना गर्ने तयारी गरेका छन् ।पृथ्वीको तापक्रम बढ्दै जाँदा, बाह्रै महिना हिउँले ढाकिने साइबेरियाली भूभागमा हिउँ पग्लन सुरु भएको छ । जसकारण, दशौँ हजार वर्षसम्म हिउँमै पुरिएर रहेका हिमयुगका प्रजातिहरुको शव भेटिन थालेको छ । ल्याकोभोस्की टापूहरु, जहाँ यो भालु भेटियो, ती क्षेत्रहरु अन्तिम हिमयुगका बाक्लो रौंसहितका हात्तीको (म्याम्मोथ) अवशेषले भरिपूर्ण छन् ।गत वर्ष वैज्ञानिकहरुले याकुटिया नदीको किनारमा ४० हजार वर्ष पुरानो ब्बाँसोको टाउको भेटेका थिए । जसमा दाँत, दिमाग, बाहिरी छाला र रौं समेत नबिग्रेको अवस्थामा थियो । दुई दुलर्भ केभ– सिंहका डमरु र ४२ हजार वर्ष पुरानो घोडा याकुटियाको हिउँमा भेटिएका अन्य प्राचिन प्राणी हुन् । तापक्रम निरन्तर बढ्दै गएकाले थप अवशेषहरु भेटिसक्ने अनुमान छ ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस