रातमा रगतको आँशु चुहाउने भनेपछि कुनै भुतकथाको सम्झना आउँछ । तर एकजना महिलाको हकमा भने यो कुनै कथा होइन, जीवनको दुखद यथार्थ बनिरहेको छ । ती महिलाले रातको दुई बजेदेखि बिहान ५ बजेसम्म रगतको आँशु चुहाउँछिन् ।हवाई न्यूज नाउका अनुसार सुरुवातमा यी महिलाको हात तथा खुट्टामा रातो धब्बा आएका थिए । त्यसपछि उनका जोर्नीहरु दुख्न थाले । केही दिनपछि उनको ओठ फुटेर रगत बग्न थाल्यो । समस्या बढ्दै गयो र अन्ततः उनको आँखाबाटै रगत बग्न थालेको छ ।लिनीकी आमा रातमा उनीसँगै सुत्ने गर्छिन् । कतै उनको आँखाबाट रगतका आँशु बगेका छन् कि छैनन् भनेर बारम्बार हेर्ने गर्छिन् ।अमेरिकाको हवाईमा बस्ने यी महिलाको नाम लिनी इकेदा हो । उनले झण्डै ३० जना डाक्टरलार्य उपचार गराइसकेकी छिन् तर समस्या कम भएको छैन । उनको रोगलाई गार्डनर डायमन्ड सिन्ड्रोम भनिन्छ ।परिवारले साथ दिँदा आफ्नो आत्मविश्वास बढेको उनी बताउँछिन् । आँखाबाट रगत बग्दा आफुलाई दुखाइ महसुस नहुने भएपनि आँखा सुन्निने र केही जलन महसुस हुने लिनी बताउँछिन् ।
एजेन्सी– विभिन्न पाँच तारे होटेलको खानेकुरा महँगो हुन्छ नै । तर यतिसम्म महँगो होला भनेर बलिउड एक अभिनेताले कल्पनासम्म गरेनन् ।दुई वटा केरा अर्डर गरेका उनले महँगो बिल आएपछि भिडियो बनाउन बाध्य बनायो । बलिउड अभिनेता राहुल बोसले सार्वजनिक गरेको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।उनले एक पाँच तारे होटलमा दुई वटा केरा मगाए। केराको बिल कति नै आउँला र ? राहुलले पक्कै पनि त्यही सोचे तर बिल आयो उनको होश उडाउने। दुई वटा केरा बिल देखेर उनी हेरेको हेर्यै भए।किनकी बिलमा उल्लेखित केराको मूल्य थियो– भारू ४४२। राहुललाई यस्तो बिल पंजाब राज्य स्थित चंढीगढको जेडब्लु मेरियट होटलले दिएको हो । दुई वटा केराको यत्रो बिल आएपछि उनले ट्वीटरमार्फत सार्वजनिक गरे ।ट्वीट गर्दै उनले ‘यसमा विश्वास गर्न, यसलाई तपाईंले हेर्नुपर्छ। कसले भन्छ फल तपाईंको जीन्दगीका लागि नोक्सान गराउने हुँदैन ? जे डब्लु मेरियट–चण्डगढलाई सोध्नुस्’ लेखेका छन्।उनले भिडियो पनि पोस्ट गरेका छन्। भिडियोमा उनले अर्डर गरेको केरा र त्यसको बिल देखाएका छन्।जसमा मैले दुई वटा केरा अर्डर गरेको थिएँ रहेर्नुस् दुई वटा केराको बिल भनेका छन्।उनको यो भिडियो हाल सामाजिक संजालमा भाइरल भइरहेको छ र यसमा मानिसहरूले विभिन्न प्रतिक्रिया जनाइरहेका छन् ।गोर्खाली खबर बाट
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस