संसद् वि’घटनको विपक्षमा फै’सला आएपछि प्रधानमन्त्री निवास बालुवाटारमा खैलावैला सुरु भएको छ । फैस’लासँगै प्रधानमन्त्री ओलीले आफू निकटका व्यक्तिहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् । यता, नेकपाको प्रचण्ड– माधव समूह यस फैसलापछि उत्साहित बनेको छ । अध्यक्ष प्रचण्डले गणतन्त्रवादी र संविधान पक्षधरहरुको जीत भएको प्रतिक्रिया दिएका छन् । उनले सबै नेपाली जनतालाई बधाई दिएका छन् ।
सर्वोच्च अदालतले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा वि’घटन गर्ने विशेष अधिकार नभएको फै’सला गरेको छ । मंगलबार प्रतिनिधि सभा विघटन वि’रुद्धको रिटमा बहस सकिएपछि फैस’ला सुनाउँदै सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले प्रधानमन्त्री ओलीलाई संसद वि’घटन गर्ने विशेषाधिकार नभएको फैसला सुनाएका हुन् ।
प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघ’टन गर्ने विशेषाधिकार छैन, फै’सला सुनाउँदै प्रधानन्यायाधीशले भने । यसअघि संविधानको धारा ७६ र ८५ मा त्यस्तो अधिकार भएको भन्दै ओली तर्फका कानुन व्यवसायीहरुले बहस गरेका थिए । त्यस्तै धारा ७६ को १ अनुसार पनि बहुमतको प्रधानमन्त्रीलाई ७६(७) वि’घटन गर्न मिल्ने देखिएन फै सलामा भनिएको छ ।
संवैधानिक इजलासले प्रतिनिधिसभा विघ’टन बदर हुने फै’सला गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार धरापमा परेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रुपमा विभाजित भएसँगै प्रतिनिधिसभामा वर्तमान सरकार अल्पमतमा पर्ने देखिन्छ । प्रतिनिधिसभा बैठक सुचारु हुनासाथ वर्तमान सरकारको वहिर्गमन र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने जानकारहरु बताउँछन् ।
स्रोत :रातोपाटी
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस