काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफुलाई एक अर्ब रुपैयाँको प्र’लोभन आएको खुलासा गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री आलेले आफुलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खा’रेज नगर्नका लागि आर्थिक प्र’लोभन देखाइएको खु’लासा गरेका हुन् ।सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खा’रेज गरेको एक महिना पछि विभागीय मन्त्रीले सो कार्यविधि खा’रेज नगर्न आर्थिक प्र’लोभन देखाइएको बताएका हुन् ।
गत माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खा;रेज गरेको थियो । मन्त्री आलेले आफुले मन्त्रालय सम्हालेदेखि नै काठ व्यवसायी र वनका केही ब’द्मास कर्मचारीले भेट्न प्रयास गरेको तर आफुले कसैलाई पनि भेट नगरि वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खा’रेज गर्ने निर्णय गरेको बताए ।उनले भने– ‘जुन दिन मैले पदको वहाली गरेँ, त्यही दिनदेखि काठ व्यवसायी र केही ब’दमास कर्मचारीदेखि साराले मलाई भेट्ने प्रयास गरे । मैले कसैलाई भेटिन । कसैलाई पनि भेट्दिनँ भनेँ । मैले कसैलाई भेट्दा पनि भेटिँन ।
पछि कुरा कतिसम्म आयो भन्दाखेरी हामी १ अर्ब पैसा उठाएर दिन्छौ भन्ने कुरा पनि आयो । अनि मैले भनेँ १ अर्ब पैसा समातेर आफ्नो मुखमा का’लोमोसो आफै दल्ने मैले हुँदैन भनेर मैले इ’न्कार गरेँ । उनले वैज्ञानिक वन कार्यक्रमका नाममा मुलुकका विभिन्न स्थानमा वन फ’डानी गरेर राष्ट्रपति चुरे संरक्षण कार्यक्रम नै ब’दनाम पार्ने काम भएकाले प्रधानमन्त्रीले वैज्ञानिक वन कार्यक्रम खा’रेज गर्नका लागि प्रधानमन्त्रीले आफुलाई वन मन्त्रालयको जिम्मेवारी दिएको पनि बताए ।
उनले भने– ‘सार्वजनिक लेखा समितिले निर्णय गरेर अ’ख्तियार दु’रुपयोग अ’नुसन्धान आयोगमा प्रतिवेदन बुझायो । छा’नविन भइरह्यो तर वैज्ञानिक वन कार्यक्रम खा रेज हुँदैन । यही कारणले गर्दाखेरी सम्माननीय प्रधानमन्त्रीज्यूले मलाई यो मन्त्रीको जिम्मेवारी सुम्पिनुभयो । छिटो वैज्ञानिक वन खा रेज हुनुपर्छ भन्ने उहाँको मान्यता थियो ।’मन्त्री आलेले वैज्ञानिक वन कार्यक्रम खा रेजका लागि वन मन्त्रालयका सबै कर्मचारीहरुको सहयोग र साथ पाएको भन्दै मन्त्रालयका कर्मचारीहरुको प्रशंसा पनि गरे । उनले भने– ‘आफू गतिलो भयो भने कसैले बि;गार्न सक्तैन । हामीले र्याल चुहाउने पनि होइन ।
मन्त्रालयभित्र गर्नुपर्ने कामहरु अघि बढ्छन् । जनतालाई प्रत्यक्ष हा’नी हुने काम मन्त्रालयले गर्दैन । जनताको अ हित हुने काम गर्न बाध्य पार्यो भने मन्त्रीको पद १ मिनेटमा रिजाईन गरेर पद छोड्न म तयार छु ।’मन्त्री आलेले आफु सार्वजनिक लेखा समितिको सदस्य रहेका बेला उपसमितिमा बसेर वैज्ञानिक वन कार्यक्रमको बारेमा अध्ययन गर्दा पनि जिल्ला वन अधिकृत, क्षेत्रीय निर्देशक, काठ व्यवसायी कर्मचारी लगायतले विभिन्न किसिमका प्र लोभन देखाएको बताए ।
यद्यपि मुलुकका विभिन्न स्थानको अवलोकन गर्दा कैलाली कञ्चनपुर लगायत स्थानमा वैज्ञानिक वन कार्यक्रमका नाममा चुरेको दो हन भएको देखेपछि आफुहरुले सो कार्यक्रम नै खा रेज गर्नुपर्ने र दो’षीलाई का’रवाही गर्न सिफारिस गरेको स्मरण गरे । उनले वन नि यमावली बनाउँदा पनि सरोकारवालाहरुसँग परामर्श गरेर अघि बढ्ने प्रतिवद्धता जनाए । उनले कुनै पनि किसिमका प्र लोभनमा नपरी देश र जनताको हितलाई मध्यनजर गरि काम गर्न पनि आग्रह गरे ।
स्रोत : रातो पाटि
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस