मानवअधिकार तथा शान्ति समाजका नवनिर्वाचित सभापति गोविन्द खनालले सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच भएको तीनबुँदे सहमति शं’काको घेरामा रहेको बताएका छन् । बुटवलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सभापति खनालले उक्त सहमतिमा ह’तियार व्यवस्थापनबारे कुनै उल्लेख नहुँदा नागरिक सशं’कित भएको बताए । विप्लवसँग भएको सहमति स्वागतयोग्य भएपनि ह’तियारको कुरा उल्लेख छैन,’ खनालले भने ।
हतारमा भएको वार्ता सहमति शं’काको घेरामा छ, ह’तियारको विषयमा स्पष्ट नहुँदा ड’रलाग्दो अवस्था आउन सक्छ ।’सभापति खनालले हिं’साको राजनीतिको भविष्य नभएकाले विप्लव समूह सहमतिमा आउन बाध्य भएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले अ’संवैधानिक ढंगले प्रतिनिधिसभा वि’घटन गरेर संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई सर्वोच्च अदालतले बचाएपनि आइतबारको फै’सलाले भने मुलुकलाई थप अन्योल र जटिलतामा पुर्याएको खनालले टिप्पणी गरे ।
लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानवअधिकार कमजोर बनाउन हुने जुनसुकै प्रयासविरुद्ध शान्ति समाज उभिने र त्यस्ता प्रयास असफल बनाउने उनको भनाइ छ । वर्तमान सरकारले संघीयताको प्रभावकारी कार्यान्वयन गर्न नसकेको खनालले टिप्पणी गरे ।। सरकार र विप्लव समूह दुवैले एकअर्कालाई रणनैतिक रुपमा प्रयोग गर्न खोजेको हुनसक्ने खनालको दाबी छ ।
स्रोत: अनलाइन खबर
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस