सशस्त्र प्रहरी जवान पदको लिखित परिक्षाको नतिजा आज प्रकाशित हुने भएको छ । सशस्त्र प्रहरीबल मानव स्रोत विभाग,मानवश्रोत निर्देशनालय भर्ना तथा छनौट शाखाले हाम्रा खबर डटकमलाई दिएको जानकारी अनुसार कार्यालय समय भित्र नतिजा प्रकाशित गर्ने तयारी भैरहेको छ ।गएको आइतबार निर्देशनालयले एक सुचना प्रकाशित गर्दै आउदो चैत ६ गते रिजल्ट प्रकाशित हुने पुर्व जानकारी दिएको थियोे ।
२०७७।०६।२४ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिता द्धारा पदपुर्ति गरिने साधारण समहु,साधाराण उपसमुह सशस्त्र प्रहरी जवान पदको लोकसेवा आयोगद्धारा मिति २०७७।०९।१८ गते संचालन भएको लिखित परिक्षा नतिजा चैत १ गते अर्थात प्रकाशित गर्ने तयारी थियोे ।तर आवश्यक तयारी नपुगेपछि सुचना संशोधन गर्दै चैत ६ गते अर्थात आज प्रकाशित गर्न लागिएको हाे ।नतिजा कार्यालय समय भित्र वा www.apf.gov.np वेबसाइड बाट जानकारी लिन सकिने विभागले जानकारी दिएको छ ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस